भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री सरिफलाई बधाई | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री सरिफलाई बधाई


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।

मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए । पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का सेना समर्थित ७२ वर्षीय सरिफले आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र धेरै साना गुटहरूसँग गठबन्धन गरेर सरकार बनाएका छन् । हाल कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका वफादारहरूलाई सरकारबाट बाहिर राख्न उनले यस्तो गरेको  विश्लेषण गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भनेका छन्, “पाकिस्तानका प्रधानमन्त्रीका रूपमा शपथ लिएकामा शहबाजलाई बधाई ।” भारत र पाकिस्तान लामो समयदेखि राजनीतिक तनावसँगै कट्टर प्रतिद्वन्द्वी हुन् ।

सन् १९४७ मा उपमहाद्वीपको विभाजनबाट अलग भएपछि दुवै मुलुकले तीन युद्ध र धेरै साना झडपहरू लडेका छन् । यद्यपि भारतमा सरिफलाई उनका पूर्ववर्ती खानको तुलनामा नयाँ दिल्लीप्रति अधिक मिलनसार व्यक्तिका रूपमा हेरिन्छ ।

वरिष्ठ पाकिस्तानी राजनीतिज्ञका रूपमा असामान्य रूपमा सरिफले सन् २०१३ मा भारतको भ्रमण गरेका थिए । त्यतिबेला उनी पाकिस्तानको प्रभावशाली पञ्जाब प्रान्तको मुख्यमन्त्री थिए । उनले सीमाको भारतीय भूभागमा आफ्नो परिवारको पैतृक गाउँको भ्रमण गरेका थिए र अन्य अधिकारीहरूसँग नयाँ दिल्लीमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरेका थिए ।

हिन्दू राष्ट्रवादी नेताका रूपमा सत्ता सम्हालेको एक वर्षपछि सन् २०१५ मा पाकिस्तानको आश्चर्यजनक भ्रमणका क्रममा मोदीले सरिफ परिवारको विवाहमा भाग लिएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री एवं सरिफका दाजु नवाजले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : २८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस