कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, तीन एजेण्डामा छलफल हुने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, तीन एजेण्डामा छलफल हुने


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निकास बूढानीलकण्ठमा बैठक सुरु भएको प्रवत्ता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनले भने, ‘पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रियसभा अध्यक्षको निर्वाचन र कांग्रेस महासमिति बैठकको बारेमा छलफल हुन्छ ।’

उनका अनुसार आजको बैठकले राष्ट्रियसभाको उम्मेदवार कसलाई बनाउने भन्नेबारे व्यापक छलफल गर्नेछ । यसबाहेक सात दलीय सत्ता गठबन्धन टुट्नको कारणबारे पनि सभापतिले जानकारी गराउने छन् ।

यस्तै, कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने समेत तयारी गरेको छ । यसको निर्णय आजको बैठकमा हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : २० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र