सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्ने | Khabarhub Khabarhub

सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्ने


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसअघि ०७९ पुस १० मा एमाले र माओवादीसहितको गठबन्धन सरकार बनेका बेला केपी शर्मा ओलीको संयोजकत्वमा सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय भएको थियो ।

यसपटक भने संयुक्त सरकार चलाउन त्यस्तो राजनीतिक संयन्त्र नबनाइने भएको छ । ‘यसपालि सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बन्दैन,’ नेकपा माओवादी केन्द्रका एक नेताले खबरहबसँग भने, ‘प्रधानमन्त्री दाहालले आफ्नो तरिकाले सरकार चलाउनेछन्, यसमा एमाले अध्यक्ष ओलीबाट कुनै हस्तक्षेप हुनेछैन । कुनै राजनीतिक संयन्त्र बन्दैन ।’

विगतको गठबन्धन सरकारमा ओलीले हस्तक्षेप गरेको प्रधानमन्त्री प्रचण्डको गुनासो थियो । त्यही गुनासोका साथ उनी एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्न गएका थिए ।

तर, यसपालि प्रचण्डलाई त्यस्तो महसुस नहुने गरी काम गर्न दिइने एमाले नेताहरुले आश्वस्त पारेको माओवादी नेताको भनाइ छ । सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र नबने पनि संयुक्त सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरुबीचमा साझा न्यूनतम कार्यक्रम भने तयार गरिने भएको छ ।

सरकारमा सहभागी ४ दलका तर्फबाट जारी ८ बुँदे सहमतिपत्रमा सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रम भने तयार गरिने उल्लेख छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ३८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास