कोशी प्रदेशमा मध्यावधिको डर, माओवादीले छाडेन सरकार « Khabarhub

कोशी प्रदेशमा मध्यावधिको डर, माओवादीले छाडेन सरकार


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ ।

कांग्रेससहितको पुरानो गठबन्धनसँग विद्रोह गर्दै कांग्रेसका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा असोज २७ गते मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त भएका थिए । पछि माओवादी पनि सरकारमा सामेल भएको थियो । कार्की नेतृत्वको सरकार ढलेमा मध्यावधि चुनावमा जानुपर्ने संवैधानिक बाध्यता छ ।

कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा १० सदस्यीय मन्चिपरिषद छ । जसमा माओवादी तर्फबाट तीन मन्त्री छन् । जसमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती छन् भने खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा नारायण बुर्जा मगर र सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की छन् । उनीहरु तत्काल सरकारबाट फिर्ता नहुने भएका छन् ।

प्रदेश सरकारमा कांग्रेस, माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरु पनि सहभागी छन् । सरकारलाई एमालेको पनि समर्थन छ ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोले केन्द्रमा गठबन्धन फेरबदल भए पनि कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने निर्णय भइनसकेको बताए ।

संविधानको धारा १६८ को ५ अनुसार सरकार बनिसकेको अवस्था भएकाले कोशीमा सरकार फेरबदलतर्फ लाग्दा प्रदेशसभा विघटन हुने नेताहरुको भनाइ छ ।

यो पनि-
नयाँ गठबन्धनलाई कोशी प्रदेश ‘फलामको च्यूरा’, विघटनसँगै अदालतको त्रास

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ५६ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले