माधव नेपालसँगको छलफल सकारात्मक भयो : ओली « Khabarhub

माधव नेपालसँगको छलफल सकारात्मक भयो : ओली


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको वार्ता सकारात्म भएको बताएका छन् । उनले नयाँ सत्ता गठबन्धनमा नेकपा एस पनि सहभागी हुन सकारात्मक वातावरण निमार्ण भएको बताए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका अध्यक्ष ओली, माधव नेपाललाई भेट्न उनकै निवास काेटेश्वर पुगेका थिए । भेटमा एमाले महासचिव शंकर पाेखरेल लगायतका नेताहरुको पनि सहभागीता थियो ।

करिब दुई घण्टा लामो छलफल पछि बाहिर निस्कीएका ओलीले नयाँ गठबन्धनप्रति माधव नेपाल सकारात्मक भएको बताए । माधव नेपाललाई सत्ता गठबन्धनमा ल्याउने विषयमा के कुराकानी भयो ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘एफर्मेटिभ।’

उनले नेपालको स्वास्थ्य अवस्था बुझ्न आफू आएको र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पनि सामान्य छलफल भएको बताए ।

यस्तै एमाले महासचिव शंकर पोखरेलले गठबन्धनमा अन्य दलहरुलाई सहभागी गराउने प्रयास भइरहेको बताए ।

याे पनि…

घर आएका ओली र प्रचण्डसँग माधव नेपालले गरे वाम एकताको माग

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ०६ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक