धरान–इटहरी सडक निर्माण सुस्त गतिमा | Khabarhub Khabarhub

धरान–इटहरी सडक निर्माण सुस्त गतिमा


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

धरान । कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् ।

धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किलोमिटर सडक निर्माणमा ढिलाई हुँदा यात्रुलाई समस्या भएको छ । लामो समयदेखि जताततै सडक भत्काइएको छ । वर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न कठिन हुने गरेको छ । सडक भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटना बढिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटना भएका थिए ।

दुर्घटनामा परेर ६ जनाको ज्यान गएको थियो भने ८८ जना घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०७९/८० मा २३ दुर्घटना हुँदा तीन ३ जनाको ज्यान गएको । दुर्घटनामा ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्युको छ भने १० जना घाइते भएका छन् ।

सडकखण्ड निर्माणको ठेक्का हिमदुङ थोकर एन्ड प्यासिफिकले पाएको छ । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म आधा काम पनि सकिएको छैन ।

ठेकेदारको ढिलासुस्तीका कारण सडक निर्माण कार्यले गति लिन सकेको छैन । चीनको नाका किमाथाङ्कादेखि भारतको नाका जोगबनी जोड्ने महत्वपूर्ण व्यापारिक मार्ग अधुरै रहँदा प्रदेशको व्यापार व्यवसायमा असर पुगेको छ ।

धरान–इटहरी सडक आयोजना इटहरीका इन्जिनियर अस्मिता सुवेदीले चार लेन सडकको पश्चिमतर्फको दुई लेन सडकको काम भइरहेको बताए । निर्माणमा संलग्न ठेकेदारलाई काम छिटो गर्न पत्राचार गरेको उनको भनाइ छ । ठेक्काको म्याद सकिएपछि म्याद थप्ने प्रक्रिया अघि बढाइएको इन्जिनियर सुवेदीले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : ०३ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै