यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य  | Khabarhub Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला १२०, नेपाली मेवा ८० चुकुन्दर ५० आभोकाडो ६०० रुपैयाँ र स्ट्रबेरी भुईऐसेलु ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेडा ४० र भारतीय ठूले गोलभेडा ६०, अदुवा २४०, रातो आलु ४४ र रातो भारतिय आलु ४० रूपैयामा कारोबार हुँदा स्थानीय काउली २०, लौका ६०, कागती २४०, लोकल काक्रो ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा १०, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ७० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी ४० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्रि हुँदैछ भने तोरीको साग ३० र रायोको साग ५० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ११० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज ४० र पुदीना ९० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा १५, भिण्डी ११० र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : ४२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस