आँखा शिविरमा नौ सय २७ जनाको उपचार | Khabarhub Khabarhub

आँखा शिविरमा नौ सय २७ जनाको उपचार


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिमकोट– जिल्ला आँखा उपचार केन्द्र हुम्लाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाको ११ स्थानमा रहेका स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरमा नौ सय २७ जनाको आँखाको चेकजाँच भएको हो ।

यही चैत ६ गतेदेखि सञ्चालन भएको शिविरमा तीन सय ८५ पुरुष र पाँच सय ४२ महिलाको आँखा परीक्षण गरिएको केन्द्रका नेत्र अधिकृत बुम बोहराले जानकारी दिनुभयो । गाउँघरमै पुगेर शिविर सञ्चालन गरेर मोतियाबिन्दु शल्यक्रिया छनोटका लागि आँखा चेकजाँच गरिएको उनले बताए। उनका अनुसार ८७ जनाको मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट भएका छन् ।

मोतियाबिन्दु को गर्नुपर्नेमा ४९ महिला र ३८ पुरुष रहेका बोहराले जानकारी दिए। उनका अनुसार मोतियाबिन्दुको समस्या देखापरेका आँखाका बिरामीको यही चैत २७ देखि २९ गतेसम्म जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरिने छ । 

आँखा शिविर सिमकोट गाउँपालिकाको डाँडाफया स्वास्थ्यचौकी, स्याडा, चौगनफया, बरगाउँ, ठेहे स्वास्थ्य चौकी र कुम्ली सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन भएको थियो । साथै खार्पुनाथ गाउँपालिकाको छिप्रा स्वास्थ्यचौकी, याङ्चु, लाली र रायाँ स्वास्थ्य चौकीमा सञ्चालन भएर सम्पन्न भएको नेत्र अधिकृत बोहराले बताए। 

उमेर बढ्दै जाँदा आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनुका साथै धुलो र धुवाँसँगै बिताउने जीवनशैलीले वृद्धवृद्धामा बढी मोतियाविन्दुको असर देखिने गरेको उनले बताए। बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नुलगायत कारणले मोतियाबिन्दुको समस्या देखिने गरेको बोहराको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, नेपाल नेत्रज्योति सङ्घ, जिल्ला शाखा सिमकोट र जिल्ला आँखा उपचार केन्द्रको आयोजना तथा रेड्ली आँखा फाउन्डेसन र नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक एवम् हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो । 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ४३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः