विश्व मुवाँथाई च्याम्पियनसिपमा पदक विजेता खेलाडी सम्मानित | Khabarhub Khabarhub

विश्व मुवाँथाई च्याम्पियनसिपमा पदक विजेता खेलाडी सम्मानित


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्रिय मुवाँथाईं संघले मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।

संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन् ।

संघले ५४ केसी सेमि प्रोफेशन स्वर्ण पदक प्राप्त गुणराज रुचाललाई रु एक लाख नगद सहित सम्मान गरेको छ । त्यस्तै ४५ केसी एमेच्योरतर्फ स्वर्ण पदक प्राप्त परिका बतासलाई रु ५० हजार, ५१ केजी सेमि प्रो रजत पदक प्राप्त सञ्जय राईलाई रु १० हजार , ५१ केजी एमेच्योर रजत प्राप्त सुशिल शाहलाई रु १० हजार नगर पुरस्कारसहित सम्मान गरिएको छ । त्यस्तै ५७ केजी एमेच्योर कास्य पदक प्राप्त गुमान घर्तीलाई पनि रु १० हजार सहित सम्मान गरिएको छ ।

कार्यक्रममा राखेप सदस्य सचिव घिसिङले राम्रो प्रशिक्षणका लागि खेलाडीहरूको राम्रो क्याम्पको व्यवस्था गर्ने र आवश्यक परे अन्य देशमा पनि प्रशिक्षणका लागि पठाइने बताए । उनले खेलाडीको विकासका लागि राखेप सदैव प्रयासरत रहने बताए ।

संघले प्रशिक्षक राहुल मोक्ता र सहायक प्रशिक्षक विगेन दराइलाई पनि समान १०/१० हजार पुरस्कारसहित सम्मान गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ३ : ४१ बजे

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका