अमेरिकाद्वारा चीनविरुद्ध इयुसँग निकट धारणाको स्वागत | Khabarhub Khabarhub

अमेरिकाद्वारा चीनविरुद्ध इयुसँग निकट धारणाको स्वागत


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बेल्जियम । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनप्रतिको दृष्टिकोणमा विशेषरूपमा माइक्रोचिप्स र हरित प्रविधिको क्षेत्रमा ब्रसेल्स र वासिङ्टनबीच ‘बढ्दो तालमेल’ को शुक्रबार प्रंशसा गरेका छन्।

“पछिल्लो तीन वर्षमा यी मुद्दामा हाम्रो दृष्टिकोणमा समानाता बढिरहेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (इयु) एकताबद्ध हुँदा र हामी सामान्य उद्देश्यका लागि काम गरिरहेका बेला यसले ठूलो फरक पार्छ”, बेल्जियममा व्यापार र प्रविधिमाथि इयु–अमेरिका बैठकमा सहभागी भएपछि उनले भने ।

इयु–अमेरिका बैठक एटलान्टिकका दुवैतर्फ रहेका ठूला अर्थतन्त्रहरूका लागि आफ्ना मतभेदहरू हटाउन र व्यापार तथा प्रविधि क्षेत्रमा संयुक्त पश्चिमी स्थितिहरूको निर्माणका लागि आधार तयार गर्ने मञ्च हो ।

इयु र अमेरिकाले वैश्विक कूल गार्हस्थ्य उत्पादन (जिडिपी)को करिब एक तिहाई हिस्सा लिन्छन् भने चीनले करिब १६ प्रतिशतको प्रतिनिधित्व गर्दछ । वैश्विक जिडिपीको गणना क्रयशक्ति समानतामा गरिन्छ । नाममात्रको सन्दर्भमा इयु र अमेरिकाले वैश्विक जिडिपीको करिब ४४ प्रतिशत र चीनले करिब १८ प्रतिशत योगदान गर्दछन् ।

वासिङ्टनले धेरै क्षेत्रमा अधिकांश धेरै खर्च गर्न सक्ने बेइजिङ सरकारद्वारा निर्देशित र समर्थित चिनियाँ आयातविरुद्ध थप आक्रामक अडान लिएको छ । ब्रसेल्सले भने चिनियाँ उत्पादनहरूमा निर्भरता कम गर्ने थप ‘जोखिमरहित’ रणनीति अपनाइरहेको छ ।

चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शुक्रबार चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले चीनको ‘अतिक्षमता’ ले अमेरिकी र अन्य मुलुकका कम्पनीहरूमा हुने कटौतीबारेमा चिन्ता व्यक्त गरे ।

बेल्जियममा इयु–अमेरिका बैठकपछि इयुका व्यापार आयुक्त वाल्डिस डोम्ब्रोभ्स्कीले ‘सेमीकन्डक्टरको क्षेत्रमा लचिलो आपूर्ति शृङ्खला विकास’ का लागि ट्रान्सएटलान्टिक सहयोगको ‘आर्थिक दबाब’ माथि प्रकाश पारे । “अत्यन्त जटिल भू–राजनीतिक परिस्थितिमा इयु र अमेरिकाले रणनीतिक सहयोगीका रूपमा एकसाथ काम गर्नु वास्तवमा महत्त्वपूर्ण छ भन्ने कुरा अत्यन्त स्पष्ट छ”, चीनको नाम नलिई उनले भने ।

इयुका एकाधिकार व्यापारविरोधी प्रमुख कमिश्नर मार्गरेट वेस्टेजरले ब्रसेल्सले आफ्नै अडान बनाएको र त्यसलाई अमेरिकी समकक्षीहरूसँग बैठकमा प्रस्तुत गरिएको बताए । “यो कसैको विरुद्धमा होइन, यसले हामीलाई बलियो बनाउँछ, यो वास्तमा सहयोग समर्थक हो र हामीले वास्तवमा डेलिभर गरेका छौँ भन्ने मलाई लागेको छ”, उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : ०८ बजे

झलनाथ खनालको निवास पूर्ण रूपमा ध्वस्त (तस्बिरहरू)

काठमाडौं– पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवास पूर्णरूपमा ध्वस्त  भएको छ

प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवास पुगेका

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीको वार्तामा ढिलाइले सरकार गठनमा अलमल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको शुक्रबार

प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु

काठमाडौं- जेनजी आन्दोलनको क्रममा जलेका प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन

काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौं– आन्दोलनपछि शान्तिसुरक्षा असहज हुँदा असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन