रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण « Khabarhub

रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रुकुम । रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ । बत्तीस हजार नौ सय ९६ लाभग्राही कायम भएकामा तीन हजार दुई सय ३० अस्थायी आवास निर्माणको चरणमा छन् ।

भूकम्प गएको पाँच महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा रु ८२ करोड ४९ लाख रकम पठाइएको भए पनि सबै रकम खर्च हुनसकेको छैन ।

चौरजहारी नगरपालिकामा रु १५ करोड ६९ लाख ७५ हजार, आठविसकोट नगरपालिकामा रु २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा रु चार करोड १५ लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड ९६ लाख २५ हजार, त्रिवेणी गाउँपालिकामा रु ११ करोड ८१ लाख २५ हजार र बाँफिकोट गाउँपालिकामा रु छ करोड ६० लाख २५ हजार रकम लाभग्राहीको खातामा निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिए ।

चौरजहारी नगरपालिकामा छ हजार दुई सय ८९, आठविसकोट नगरपालिकामा नौ हजार तीन सय १३, मुसीकोट नगरपालिकामा एक हजार तीन सय ९३, सानीभेरी गाउँपालिकामा छ हजार दुई सय ५१, त्रिवेणी गाउँपालिकामा चार हजार छ सय ९२ र बाँफिकोट गाउँपालिकामा दुई हजार नौ सय ८३ अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राही कायम भएका छन् ।

त्यस्तै आठविसकोट नगरपालिकामा नौ हजार सात सय ३२, मुसीकोट नगरपालिका एक हजार छ सय ६०, सानीभेरी गाउँपालिकामा पाँच हजार नौ सय ८५, त्रिवेणी गाउँपालिकामा चार हजार सात सय २५ र बाँफिकोट गाउँपालिकामा दुई हजार छ सय ४१ लाभग्राहीको खातामा रकम निकासा भएको छ ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषमा रु ४० करोड रकम आएको छ । पहिलो किस्ता पाएका र अस्थायी आवास निर्माण गरिसकेकाहरूको अनुगमन, पहिलो किस्ता पाउँदा गरिएको सम्झौतालगायतका आधारमा स्थानीय तहबाट माग भइआएमा दोस्रो किस्ताको रकम पनि वितरण हुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : २५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा