लाङटाङ पदमार्गमा पर्यटकको निधन « Khabarhub

लाङटाङ पदमार्गमा पर्यटकको निधन


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

रसुवा – लाङटाङको भ्रमण सम्पन्न गरी फर्कँदै गर्दा लाङटाङ पद मार्गमा एक पर्यटकको आज निधन भएको छ ।

आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ झर्दै गरेका राहदानी नं १४०९८८८२९ का ६७ वर्षीय बेलायती नागरिक काटर माइकल पावल लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रबाट बेहोश अवस्थामा हवाई उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पु-याउँदा चिकित्सकले अहिले साँझ ६.३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दए ।

बोकेर दुई घण्टाको ओरालो बाटो झारेपछि उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पुगेको र भौगोलिक विकटता र जङ्गल भएका कारण अवतरण गर्ने स्थान समेत नभएकाले अल्टिच्युट एयरको माइक एक्स्रे कलसाइन भएको हेलिकप्टरले लङलाइन मार्फत उद्धार गरेको प्रहरीले जनाएको छ ।

लाङ्टाङ खोलादेखि सुरक्षित तवरले लङलाइन मार्फत समथर स्थानमा पु¥याई जहाजभित्र राखेर क्याप्टेन आनन्द थापाले तत्काल अस्पताल पु¥याएको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : १० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर