आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार सन् २०२४ मे ५ तारिख। प्रदोष व्रत, वैशाख कृष्ण पक्षको द्वादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आफ्नो काम आफैंले गर्नुपर्ने दिन छ। विवादमा पर्ने जोखिम रहेकाले सोचेर बोल्नु राम्रो हुन्छ। आज लगानी नगर्नु राम्रो हुन्छ। समान्य दैनिकीमा अगाडि बढ्दा परिवारको सहयोग प्राप्त हुनेछ।

वृष : विवेक प्रयोग गरेर काम गर्नुपर्नेछ। लगानीबाट उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : कार्य सफल बन्नेछ। साथीभाइले सहयोग गर्नेछन्। लगानीको अवसर आए अगाडि बढ्दा हुन्छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा सफलता प्राप्त हुने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा भने विवाद हुनेछ।

कर्कट : सहयोग गर्ने भन्दा खुट्टा तान्ने सक्रिय छन्। आफ्नो काममा निरन्तर लाग्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा अरुको प्रभाव बढी हुँदा तपाईंको कुरा नसुन्ने खतरा देखिन्छ। खराब व्यक्तिको संगत समयमै छोड्नु राम्रो हुन्छ।

सिंह : प्रतिभा प्रदर्शन गर्ने दिन छ। क्षमता प्रदर्शन गर्दा संकोच मान्नुपर्ने अवस्था छैन। शिक्षामा गरेको श्रम र लगानीबाट राम्रो आम्दानी हुनेछ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : खुशी मिल्नेछ। रमाइलो ठाउँको यात्राले समयको सदुपयोग हुनेछ। व्यापारबाट लाभ प्राप्त होला। शिक्षामा प्रगति हुने योग छ। राजनीतिक र सामाजिक क्षेत्रमा रुचि बढ्नेछ।

तुला : अरुका कुरा सुनेर निर्णय गर्न नसक्ने अवस्था हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्धबाट खुशी मिल्नेछ। अधुरा काम बन्ने योग रहेको देखिन्छ।

वृश्चिक : शिक्षालाई आधार मानेर अगाडि बढ्नु राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा गरेको लगानीले उत्साह बढाउने छ। स्वास्थ्यमा गढबढी देखिने भएकाले सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : लगानी गर्ने दिन छ। लगानी गरेको ठाउँमा सफलता मिल्नेछ। शिक्षा, स्वास्थ्य र व्यापारमा लगानी गर्न आँट गर्नुपर्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारको प्रेम राम्रो बन्नेछ।

मकर : दिने भन्दा लिनेको लाइन लामो देखिन्छ। फिर्ता नहुने ठाउँमा लगानी बढ्दै जाँदा उदास बन्नुपर्ने हुनसक्छ। आफन्तले फसाउने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए उन्नति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : आफन्तबाट सहयोग प्राप्त हुनेछ। आर्थिक सहयोग प्राप्त नभए पनि आश्वासन निरन्तर पाइने छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा सामान्य उपलब्धि प्राप्त हुने देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ भने निरन्तर प्राप्त हुनेछ।

मीन : अरुको कुरा सुन्न मन नै लाग्दैन। बोल्दा एक पटक सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षा र व्यापारमा जतिसुकै लगानी गरे पनि फाइदा नहुने जोखिम देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ०९ बजे

गोरखाका किसानलाई अनुदानमा ट्रयाक्टर

गोरखा– जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै

विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन : प्रधानमन्त्री 

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल 

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी