गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा « Khabarhub

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको रोयल च्यालेन्र्ज बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजि गर्दै सातौं स्थानमा उक्लिएको छ।

गएराति आरसिबीको घरेलु मैदान बैंग्लोरुमा भएको खेलमा गुजरातले दिएको १४८ रनको लक्ष्य ३३ बल बाँकी हुँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो। आरसिबीले १३.४ बल खेल्दै १५२ रन बनाएको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको गुजरातका लागि एम शाहरुख खान ३७, राहुल तेवाटिया ३५, डेभिड मिलर ३०, राशिद खान १८ र विजय शंकर १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। ओपनर ऋद्धिमान साह १ रनमा आउट हुँदा अर्का ओपनर सुभमन गिलले मात्र २ रन जोडे। उनीहरुले समान ७ बलको सामना गरेका थिए।

सुरुवाती ब्याट्म्यान सस्तैमा समेटिएपछि आरसिबीका बलर गुजरातमाथि हाबी भएका थिए। गुजरात १९.३ बलमा सबै विकेट गुमएर १४७ रनमा समेटिएको थियो।

गुजरातलाई सस्तैमा समेट्न गुजरातका लागि मोहम्मद सिराज, यस दयाल र विजयकुमार विषायकले दुईदुई विकेट हात पारे। क्यामरुन ग्रिन र कर्ण शर्माले एकएक विकेट लिए।

१४८ रनको मध्यम लक्ष्य पछ्याएको आरसिबीका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतक बनाए। उनले २३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका हुन्। ओपनर विराट कोहलीले २७ बलको सामना गर्दै ४२ रन जोडे। उसका लागि दिनेश कात्तिकले नटआउट २१ रन जोड्दा स्वप्निल सिंहलेसमेत नटआउट १५ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

गुजरातका लागि जोश लिटिलले एक्लै चार विकेट हात पारे भने नूर अहमदले दुई विकेट लिए। यो जितसँगै आरसिबी ८ अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ भने गुजरात ६ अंकसहित नवौं स्थानमा झरेको छ।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल पञ्जाब किंग्स र चेन्नाई सुपर किंग्सबिच दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोस्रो खेल साँझ ७:४५ बजे लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुँदैछ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ५७ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र