ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने « Khabarhub

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका दुईचरणमा गरी आठ दिन बन्द हुने भएका छन् ।

विहारको मधुवनी जिल्लामा वैशाख २५ र जेठ ७ मा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने छ ।

त्यसैगरी दोस्रो चरणको निर्वाचनका लागि जेठ ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म बन्द हुने छ ।

नेपाल–भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाका ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १० : ३९ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ