सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती « Khabarhub

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने गर्छ । साथै  अन्य भेगमा पनि सार्वजनिक शौचालयको प्रयोग भइनै रहन्छ र सार्वजनिक शौचालयको प्रयोग गर्नु कहिलेकाहीँ महिलाहरूका लागि असुविधा र सङ्क्रमणको कारण पनि बन्न सक्छ । महिलाले सार्वजनिक शौचालयको प्रयोग गर्दा केही गल्ती गर्दा पिसाबको सङ्क्रमण अर्थात् यूरिनरी ट्याक्ट इन्फेक्शन (यूटीआई), यीस्ट इन्फेक्शन अथवा अन्य स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ ।

कमोड सिट : सहरी भेगका कतिपय शाैचालयमा कमाेड सिटकाे प्रयोग गरिएको हुन्छ त्यसमा जाने बित्तिकै बसिहाल्ने धेरैको बानी हुन्छ त्यस्तो कहिल्यै गर्नु हुँदैन । सार्वजनिक शौचालयमा भएको कमोड सिटमा ब्याक्टेरिया र भाइरस हुनसक्छ । त्यसैले कमोड सिटमा बस्नु अगाडि त्यसलाई ट्वाइलेट पेपर अथवा ह्यान्ड सेनिटाइजरले सफा गर्नु आवश्यक हुन्छ ।

राम्रोसँग हात नधुने बानी : ट्वाइलेटको प्रयोग गरेपछि साबुन–पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुनु पर्छ । यदि साबुन छैन भने ह्यान्ड सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।

ट्वाइलेट पेपरको प्रयोग : ट्वाइलेट पेपरको प्रयोग गरेर मात्र ट्वाइलेट सिट तल झार्नु पर्छ । फ्लस गर्दा पनि ट्वाइलेट पेपरको प्रयोग गर्नु उत्तम हुन्छ । साथै आफूले लगाएको कपडाले  कमोड सिट  छोइहाल्यो भने पनि त्यसलाई धुनु पर्छ ।

सार्वजनिक शौचालयमा लामा समय नबिताउने : सार्वजनिक शौचालयमा लामो समयसम्म बस्नाले सङ्क्रमणको खतरा पनि बढ्छ । त्यसैले जति सक्दो चाँडो ट्वाइलेट प्रयोग गरेर बाहिर निस्कनु पर्छ ।

शौचालयमा खालि खुट्टा नजाने : सार्वजनिक शौचालयमा खालि खुट्टा हिँड्दा खुट्टामा सङ्क्रमण हुन्छ । त्यसैले सार्वजनिक शौचालयमा चप्पल अथवा जुत्ता लगाएर नै जानु पर्छ ।

सार्वजनिक शौचालयमा निजी सामान नराख्ने: सार्वजनिक शौचालयमा आफ्नो निजी सामान राख्नाले चोरी हुने खतरा हुन्छ । त्यसैले आफ्नो निजी सामान आफूसँगै राख्नु पर्छ ।

साथै, सार्वजनिक शौचालयमा खाने बानी त्याग्ने, सार्वजनिक शौचालयमा मेकअप नगर्ने र शौचालयमा कपाल कोर्ने  बानी त्याग्नु पर्छ  ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १२ : ०३ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको