क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती « Khabarhub

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै गएको छ ।

सजिलै जान सकिने भएकाले त्यहाँ केही वर्षयता नेपालीहरूको संख्या बढेर २५ हजार आसपास पुगेका हुन्।

क्रोएसियामा ५ वर्षदेखि व्यवसाय गर्दै आएका दावा लामाले नेपालीको संख्या बढ्दै जाँदा कानुनी झमेला पनि थपिँदै गएको बताएका छन् ।

सरकारले छिमेकी मुलुक पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय गरेको छ । तर क्रोएसियामा कन्सुलर कार्यालयसमेत नहुँदा त्यहाँ पुग्ने नेपालीले अनेक हण्डर खानु परेको छ ।

‘क्रोएसियामा नेपालीको संख्या बढ्दो छ, अहिले करिब २५ हजारको संख्यामा नेपाली पुगिसकेका छन्। राजधानी जाग्रेबसहित अन्य सहरमा पनि नेपाली बढ्दैछन्’, लामाले खबरहबसँग भने, ‘तर, कन्सुलर कार्यालयसमेत नहुँदा यहाँका नेपालीले राहदानी नविकरणसहितको कामका लागि अस्ट्रियाको भियान पुग्नुपर्ने बाध्यता छ ।’

वैधानिक रुपमा बसेकालाई भियना जान समस्या छैन । तर अवैधानिक रुपमा रहेका नेपालीहरूलाई क्रोएसियामै कन्सुलर भएमा राहदानीसहितका काममा सहज हुने उनको भनाइ छ ।

लामाले कन्सुलरका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराएका छन् । यस पटक पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाए ।

‘क्रोएसियामा रहेका २५ हजार नेपाली समुदायलाई सरकारले सम्बोधन गर्नुपर्छ । क्रोएसियामा सके त राजदूतावास नै नै राखिदिनुस् भनेका छौँ। नभए कन्सुलरसम्म राखिदिनु भन्ने हाम्रो माग हो’, उनले भने, ‘प्रधानमन्त्री इटालीमा पुगेका बेला पनि पनि त्यही कुरा राखेको थिएँ । सरकारले कन्सुलर राख्ने आश्वासन दिए पनि कार्यान्वयन हुन सकेको छैन ।’

प्रधानमन्त्रीले क्रोएसियामा समस्या भएको कुरा आफूले बुझेको बताउँदै मिलाउँदै गरेको जवाफ दिएका छन् ।

लामाका अनुसार भियनाबाट समय समयमा घुम्ती शिविर आउने गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

‘भियनाबाट घुम्ती शिविर जान्छ, दुई पटक गइसकेको छ । तर खास प्रभावकारी छैन’, उनले भने, ‘कम्तीमा जाग्रेबमै कन्सुलर कार्यालय भए नेपालीको सास्ती कम हुने थियो । त्यहाँका नेपालीको लागि पहिलो माग कन्सुलर हो। सरकारले यसलाई सम्बोधन गरिदिए राहदानी नवीकरणसहितको तनाव हट्ने थियो ।’

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : २२ बजे

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल