विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब  १० किलोसहित दुई जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर राकसीरांङ गाउँपालिका-२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेपाङग र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् ।

प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले चितवनबाट वीरगंज तर्फ जाँदै गरेको बा.४ ख ५९३७ नम्बरको बस जाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको इटहरी महानगरपालिका-५ शान्तीमार्ग टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ  बस्ने ३२ वर्षीय बिटु भन्ने दिबश भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी, मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४५ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय किरण राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका- ७ देबरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  २ : ०३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको