वसन्तपुर पुगिन् जापानी विदेशमन्त्री खामिखावा (तस्बिरहरू)  | Khabarhub Khabarhub

वसन्तपुर पुगिन् जापानी विदेशमन्त्री खामिखावा (तस्बिरहरू) 


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् ।

उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पाइपुगेकी हुन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरूको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन्।

 जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रि भोजको आयोजना गर्ने छन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ०६ बजे

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा