वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने « Khabarhub

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको मत नदिने भएको छ ।

वैशाख १५ गते भएको बझाङ प्रदेशसभा १ को निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका दमनबहादुर भण्डारी बुवाको किरियामा रहेकाले २६ गतेयता उनी प्रदेश सभामा आउँदैनन् ।

यसलाई पनि कारण देखाउँदै तत्काल विश्वासको मत दिन नसकिने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताएका छन् ।

रावललाई खबरहबले सोडारीलाई समर्थन गर्नुभयो, तर विश्वासको मत दिनु भएन भनेर सोधेको थियो, ‘हाम्रो साथी बुवा स्वर्गीय भएर किरिया गरिरहनु भएको छ । हामीले त १ सिट थपिदिएका छौँ । तर विश्वासको मत लिन उहाँहरू हतार गर्नुहुन्छ ।’

उनका अनुसार भण्डारीको शपथ ग्रहणपछि मात्रै सोडारीलाई एमालेले विश्वासको मत दिने तयारी गरेको छ ।

वैशाख १५ को उपनिर्वाचनमा विजयी भण्डारी २५ गते बुवाको काजकिरिया सकेर त्यही दिन नभए २६ गते मात्रै धनगढी आउने कार्यक्रम छ ।

त्यसपछि भण्डारीले सांसद पदको शपथ ग्रहण गर्नेछन् ।

नेता रावलले आफूहरूसँग छलफल नगरी सोडारीले विश्वासको मत लिन लागेपछि गठबन्धनमा हलचल पैदा भए जस्तो देखिएको बताए ।

उनले भने, ‘हामीले प्रदेश सभा सदस्य बढाएर नै विश्वासको मत दिन लागेका हौँ। साथीहरूले हतार गरेर हुँदैन ।’

यता सोडारी पनि आफूहरूलाई एमालेलेबाट असहयोग गरेजजस्तो नभएको बताए । उनले भने, ‘हामी छलफलमा छौँ । सबैले सहयोग गर्नुभएको छ ।’

बझाङ प्रदेश सभा १ मा मा निर्वाचन जितेपछि अहिले एमालेको सिट सुदूरपश्चिममा ११ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ५० बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं