वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने « Khabarhub

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको मत नदिने भएको छ ।

वैशाख १५ गते भएको बझाङ प्रदेशसभा १ को निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका दमनबहादुर भण्डारी बुवाको किरियामा रहेकाले २६ गतेयता उनी प्रदेश सभामा आउँदैनन् ।

यसलाई पनि कारण देखाउँदै तत्काल विश्वासको मत दिन नसकिने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताएका छन् ।

रावललाई खबरहबले सोडारीलाई समर्थन गर्नुभयो, तर विश्वासको मत दिनु भएन भनेर सोधेको थियो, ‘हाम्रो साथी बुवा स्वर्गीय भएर किरिया गरिरहनु भएको छ । हामीले त १ सिट थपिदिएका छौँ । तर विश्वासको मत लिन उहाँहरू हतार गर्नुहुन्छ ।’

उनका अनुसार भण्डारीको शपथ ग्रहणपछि मात्रै सोडारीलाई एमालेले विश्वासको मत दिने तयारी गरेको छ ।

वैशाख १५ को उपनिर्वाचनमा विजयी भण्डारी २५ गते बुवाको काजकिरिया सकेर त्यही दिन नभए २६ गते मात्रै धनगढी आउने कार्यक्रम छ ।

त्यसपछि भण्डारीले सांसद पदको शपथ ग्रहण गर्नेछन् ।

नेता रावलले आफूहरूसँग छलफल नगरी सोडारीले विश्वासको मत लिन लागेपछि गठबन्धनमा हलचल पैदा भए जस्तो देखिएको बताए ।

उनले भने, ‘हामीले प्रदेश सभा सदस्य बढाएर नै विश्वासको मत दिन लागेका हौँ। साथीहरूले हतार गरेर हुँदैन ।’

यता सोडारी पनि आफूहरूलाई एमालेलेबाट असहयोग गरेजजस्तो नभएको बताए । उनले भने, ‘हामी छलफलमा छौँ । सबैले सहयोग गर्नुभएको छ ।’

बझाङ प्रदेश सभा १ मा मा निर्वाचन जितेपछि अहिले एमालेको सिट सुदूरपश्चिममा ११ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ५० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६