जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’ | Khabarhub Khabarhub

जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टी विभाजन भएपछि धेरै नेताहरू अलमलमा परेका छन् ।

यस्तै अलमलमा पर्नेमा एकजना नेता हुन् राजकिशोर यादव । उनीसहित ८ जना सांसदको नाम वरिष्ठ नेता अशोक राईले निर्वाचनमा आयोगमा लिएर गएका थिए ।

तर राजकिशोर आफैंले पनि पार्टी विभाजनबारे आफूलाई केही थाहा नभएको बताएका छन् । विभाजनको पक्षमा नउभिएपछि राई समूहले यादवको नाम हटाएर सातजना मात्रै सांसदको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको  छ ।

उनले आइतबार साँझ खबरहबसँग कुरा गर्दै भने, ‘म मेरो गाउँ सिराहा छु । विभाजनबारे कुनै जानकारी छैन । मैले पनि सुनेको हुँ । तर म कसैको पक्षमा छैन ।’

यादवले आफूलाई पनि विभाजनबारे भर्खरै मात्र थाहा भएको दाबी गरे । उनले भने, ‘म यताउता कतै भन्ने छैन । मेरो पार्टीको पक्षमा छु । विभाजन कसले गर्‍यो थाहा छैन ।’

पार्टी विभाजन भएपछि आफू छलफलमा रहेको उनले बताए । ‘म पनि साथीरूसँग छलफलमा छु । बल्ल खबर सुनेँ, तर म विभाजनको पक्षमा गएको छैन ।’ि

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ५२ बजे

 अर्थसंक्षेप : बजेटमा नुवाकोटको बाटोको पैसा काटिएको प्रकाशशरणको गुनासोदेखि एमालेको असन्तुष्टिसम्म

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा नुवाकोटका सडकका रकम

सिक्किममा बढारिए पवन चाम्लिङ, पीएस गोलेलाई प्रचण्ड बहुमत

सिक्किम- नेपालको छिमेकी भारतीय राज्य सिक्किममा प्रेमसिंह तामाङ (पीएस गोले)

वाइवाइले गर्‍यो अर्नाको सिको – १ रनलाई हजार, सुपर ८ मा पुगे ३० लाख

काठमाडौं – वाइवाइ चाउचाउले टी-२० विश्वकप क्रिकेटमा राष्ट्रिय खेलाडीदेखि टीम

हिमालयन बैंकको विराटनगर शाखा-२  स्थानान्तरण, अब रोडशेष चोकबाट सेवा दिने

काठमाडौं– हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक

एकसाथ दुईवटा डुंगामा सवार माधव नेपाल

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले