विश्वासको मतमा फेल हुने निश्चित भएपछि बिरामी परे मधेसका मुख्यमन्त्री « Khabarhub

विश्वासको मतमा फेल हुने निश्चित भएपछि बिरामी परे मधेसका मुख्यमन्त्री

विश्वासको मतसम्बन्धी कार्यसूची जेठ २८ का लागि सार्न निवेदन


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- विश्वासको मत लिनेगरी बुधबारका लागि मधेस प्रदेश सभाको बैठक डाकिएको अवस्थामा मुख्यमन्त्री सरोजकुमार यादव बिरामी परेका छन् ।

आफू बिरामी परेको भन्दै उनले विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलकहाँ पत्र पठाएका छन् ।

प्रदेशसभाको बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी डाकिएको बैठकको कार्यसूचीबाट विश्वासको मत लिने कार्यक्रम हटाइदिन भन्दै मुख्यमन्त्रीले पत्र पठाएका हुन् ।

मुख्यमन्त्री यादवको पत्र आएपछि सर्वदलीय बैठक बोलाइएको मधेश प्रदेशसभाका सूचना अधिकारी चन्दनकुमार ठाकुरले खबरहबलाई बताए ।

‘सभामुखकहाँ मुख्यमन्त्रीको निवेदन आएको छ’, उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मतको कार्यक्रम कार्यसूचीबाट हटाउन निवेदन दिएपछि अहिले सर्वदलीय बैठक डाकिएको छ ।’

मुख्यमन्त्री यादवले बुधबारको बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची हटाएर आगामी जेठ २८ गतेका लागि तोक्न सभामुख मण्डललाई भनेका छन् ।

उनले निवेदनमा आफू अस्वस्थ रहेको बताएका छन् । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलाई मंगलबार साँझ सरकारबाट फिर्ता बोलाइसकेपछि मुख्यमन्त्री यादवको संकट बढेको छ ।

जसपासमेत विभाजित भएको अवस्थामा एकीकृत समाजवादीले पनि सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै उनले विश्वासको मत पाउने छैनन्। एकीकृत समाजवादी अब मधेसमा पनि केन्द्रको सत्ता गठबन्धनसँगै जोडिने छ ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा २५ प्रदेश सांसदसहित एमाले पहिलो दलका रुपमा छ । प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् ।

लोसपाका ९ मध्ये १ जना सांसद अभिराम शर्मा निलम्बित छन् । उनी संसदीय दलको नेता हुँदै असई थमन विक हत्या प्रकरणमा अदालतबाट दोषी पाइएपछि निलम्बित भएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका पनि मधेस प्रदेश सभामा १–१ जना सांसद छन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ । त्यसमध्ये एमालेका रामचन्द्र मण्डल अहिले सभामुख छन् । त्यसबाहेक ४६ सांसद रहेको तीन दलीय गठबन्धनलाई सरकार बनाउन थप ८ जना चाहिन्छ ।

यस्तोमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । एकीकृत समाजवादीले केन्द्रीय गठबन्धन अनुसार तीन दललाई समर्थन गर्दा यो संख्या ५३ पुगेको छ । सरकारका लागि केन्द्रको सत्ता गठबन्धनलाई मधेसमा अझै १ सांसद अपुग हुन्छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : १६ बजे

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

किन्शासा– कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं– चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च

८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने

काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गतदेखि काठमाडौंमा नेपाल