खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ल्यायो नेफिल्स सफ्टवेयर « Khabarhub

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ल्यायो नेफिल्स सफ्टवेयर


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइन प्रणाली नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)को शुभारम्भ गरेको छ ।

‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ भन्ने नारासहित मानइने विश्व खाद्य स्वच्छता दिवसको अवसरमा नेफिल्स सफ्टवेरको शुभारम्भ गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले उक्त सफ्टवेयरको शुभारम्भ गरिन् ।

उनले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएको इ-गभर्नेन्सको माध्यमबाट सार्वजनिक सेवालाई फेसलेस, पेपरलेस बनाइ गुणस्तर अभिवृद्धि गरिने नीति तथा कार्यान्वयनमासमेत यसले टेवा पुर्याउने बताइन् । मन्त्री साहले अनलाइन प्रणालीमार्फत सेवा प्रदान गर्ने यस कदमले विभागको कार्य क्षेत्रमा प्रभावकारिता ल्याउने अपेक्षा ब्यक्त गरिन ।

‘सेवाग्राहीलाई उद्योग दर्ताको सिफारिस तथा उद्योग अनुमति पत्र जारी तथा नवीकरण कार्यलाई अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्न विकसित प्रविधिको शुभारम्भले खाद्य उद्योगको दर्ताको सिफारिस, अनुमति पत्र जारी तथा नवीकरण कार्यलाई सहजीकरण हुनेमा विश्वास सलएको छु,’ मन्त्री साहले भनिन् ।

स्विस सरकार बिकास कार्यक्रम (एसडीसी)को सहयोगमा नेपाल कृषि बजार बिकास कार्यक्रम (सहज), स्विसकन्ट्याक्ट मार्फत बिभुती सोलुसन प्राली को प्राबिधिक सहयोगमा नेफिल्स सफ्टवेर तयार पारीएको हो ।

नेफिल्स सञ्चालन भएसँगै अब सेवाग्रहीहरुले पहिले जस्तो पटक पटक कार्यालय धाइरहनु नपर्ने र इन्टरनेटको माध्यमबाट सेवा लिन पाउने बिभुती सोलुसनका सीईओ अशोक खनालले बताए ।

कार्यक्रममा सहजको तर्फबाट टिम लिडर रिमा श्रेष्ठले मन्तब्य राखेकी थिइन् । कृषि तथा पशुपन्छी विकास सचिव डा. दीपक कुमार खरालले विभागले आफ्नो कोर फंसन खाद्य तथा दानाको स्वच्छतामा ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी कार्यान्वयनमा अनलाइन प्रणाली सघाउ पुर्‍याउने बताइन् ।

विभागले प्रवाह गर्ने सेवालाई सुशासन अन्तर्गत सहज र सुलभ रूपमा प्रदान गर्न विगतदेखि अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने कार्य गर्दै आएको छ,’ उनले भनिन्, ‘विद्यमान खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ ले खाद्य उद्योगको दर्ताको सिफारिस विभाग तथा मातहतको कार्यालयबाट लिनुपर्ने र खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले अनिवार्य रूपमा अनुज्ञा पत्र लिनुपर्ने तथा नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ ।’

विश्व खाद्य स्वच्छता दिवस यही जेठ १९ देखि २५ गतेसम्म सप्ताहव्यापी रूपमा खाद्य स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरी देशैभरि भव्यताका साथ मनाइँदै छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : ५४ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर