मोदीले तेस्रो कार्यकाल प्रधानमन्त्रीको शपथ शनिबार लिन सक्ने | Khabarhub Khabarhub

मोदीले तेस्रो कार्यकाल प्रधानमन्त्रीको शपथ शनिबार लिन सक्ने


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा शनिबार शपथ लिने तयारी गरेका छन् ।

मंगलबार आएको चुनावी परिणामअनुसार मोदी लगातार तेस्रो पटक सरकार बनाउने स्थितिमा पुगेका हुन् ।

तर भाजपाले भारतीय लोकसभामा बहुमत लिन सकेन । २७२ सिट चाहिनेमा भाजपा २४० सिटमै खुम्चियो ।

तर भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् बहुमतभन्दा २० सिट धेरै हात लागेको छ ।

भारतीय जनता पार्टीका उम्मेदवारले देशभर २४० सिट जितेका छन् ।

अब सरकार गठनका लागि भाजपाले सहयोगी दलको साथ लिनुपर्ने भएको छ । यसअघि सन् २०१९ मा ३०३ र २०१४ मा भाजपाले २८२ सिट जितेको थियो ।

सरकार बनाउने कोसिस तीव्र भएपछि बिहारका मुख्यमन्त्री तथा जनता दल युनाइटेडका नेता नीतिश कुमार एनडीएको बैठकका लागि दिल्ली पुगेका छन् । पार्टी सांसद सञ्जय कुमार झा पनि उनीसँग दिल्लीमा छन् । झाले अब एनडीएको सरकार बन्ने बताए ।

लोक जनशक्ति पार्टी (रामविलास) का प्रमुख चिराग पासवानले पनि बुधवार बिहान बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग वार्ता गरे ।

भेटपछि पासवानले बधाई दिन भेट गरेको बताए । नीतिशकुमारले एनडीएलाई बलियो बनाएको उनले बताए । उनले बिहारमा गठबन्धनको प्रदर्शनको श्रेय प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतिश कुमार दुवैलाई जाने बताए।

बिहारका मुख्यमन्त्री नीतिश कुमार र पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव एकै विमानबाट दिल्ली पुगेका छन् । नीतिश भाजपाको एनडीए र तेजस्वी इन्डिया गठबन्धनका सदस्य हुन् ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  २ : ०८ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय