मोदीले तेस्रो कार्यकाल प्रधानमन्त्रीको शपथ शनिबार लिन सक्ने « Khabarhub

मोदीले तेस्रो कार्यकाल प्रधानमन्त्रीको शपथ शनिबार लिन सक्ने


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा शनिबार शपथ लिने तयारी गरेका छन् ।

मंगलबार आएको चुनावी परिणामअनुसार मोदी लगातार तेस्रो पटक सरकार बनाउने स्थितिमा पुगेका हुन् ।

तर भाजपाले भारतीय लोकसभामा बहुमत लिन सकेन । २७२ सिट चाहिनेमा भाजपा २४० सिटमै खुम्चियो ।

तर भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् बहुमतभन्दा २० सिट धेरै हात लागेको छ ।

भारतीय जनता पार्टीका उम्मेदवारले देशभर २४० सिट जितेका छन् ।

अब सरकार गठनका लागि भाजपाले सहयोगी दलको साथ लिनुपर्ने भएको छ । यसअघि सन् २०१९ मा ३०३ र २०१४ मा भाजपाले २८२ सिट जितेको थियो ।

सरकार बनाउने कोसिस तीव्र भएपछि बिहारका मुख्यमन्त्री तथा जनता दल युनाइटेडका नेता नीतिश कुमार एनडीएको बैठकका लागि दिल्ली पुगेका छन् । पार्टी सांसद सञ्जय कुमार झा पनि उनीसँग दिल्लीमा छन् । झाले अब एनडीएको सरकार बन्ने बताए ।

लोक जनशक्ति पार्टी (रामविलास) का प्रमुख चिराग पासवानले पनि बुधवार बिहान बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग वार्ता गरे ।

भेटपछि पासवानले बधाई दिन भेट गरेको बताए । नीतिशकुमारले एनडीएलाई बलियो बनाएको उनले बताए । उनले बिहारमा गठबन्धनको प्रदर्शनको श्रेय प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतिश कुमार दुवैलाई जाने बताए।

बिहारका मुख्यमन्त्री नीतिश कुमार र पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव एकै विमानबाट दिल्ली पुगेका छन् । नीतिश भाजपाको एनडीए र तेजस्वी इन्डिया गठबन्धनका सदस्य हुन् ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  २ : ०८ बजे

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध