वातावरण दिवसको अवसरमा भक्तपुरमा वृक्षारोपण « Khabarhub

वातावरण दिवसको अवसरमा भक्तपुरमा वृक्षारोपण


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरका विभिन्न ठाउँंहरुमा विभिन्न संघसंस्थाहरुले वृक्षारोपण गरेका छन् ।

वातावरण दिवसको अवसरमा राष्ट्रको लागि दुई घण्टा अभियान भक्तपुर शाखाले जनचेतनामूलक र्‍याली निकालेको छ ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थलीदेखि सुरु भएको रयाली गठाघर, थिमि, सल्लाघारी, चुनदेवी चोकमा पुगेर समापन भएको थियो ।

साथै दिवसको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले एक दिने हरित प्रदर्शनी गरेको छ । नगरपालिका भवन खरिपाटीमा बिहान १० बजेदेखि सुरु भएको प्रदर्शनी साँझ चार बजेसम्म हुने जनाइएको छ ।

साथै नेपाल इको प्यानलले पनि दिवसकै अवसरमा जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित कर्पाेरेट कार्यालय वृक्षारोपण गरेको छ ।

उता ख्वप कलेज भक्तपुरले पनि दिवसकै अवसरमा भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित कलेज परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  २ : ५४ बजे

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री

तरुण ३५ केन्द्रीय सदस्यले पार्टी कार्यालयको भेलाप्रति जनाए असहमति

काठमाडौं- नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा