वातावरण दिवसको अवसरमा भक्तपुरमा वृक्षारोपण « Khabarhub

वातावरण दिवसको अवसरमा भक्तपुरमा वृक्षारोपण


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरका विभिन्न ठाउँंहरुमा विभिन्न संघसंस्थाहरुले वृक्षारोपण गरेका छन् ।

वातावरण दिवसको अवसरमा राष्ट्रको लागि दुई घण्टा अभियान भक्तपुर शाखाले जनचेतनामूलक र्‍याली निकालेको छ ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थलीदेखि सुरु भएको रयाली गठाघर, थिमि, सल्लाघारी, चुनदेवी चोकमा पुगेर समापन भएको थियो ।

साथै दिवसको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले एक दिने हरित प्रदर्शनी गरेको छ । नगरपालिका भवन खरिपाटीमा बिहान १० बजेदेखि सुरु भएको प्रदर्शनी साँझ चार बजेसम्म हुने जनाइएको छ ।

साथै नेपाल इको प्यानलले पनि दिवसकै अवसरमा जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित कर्पाेरेट कार्यालय वृक्षारोपण गरेको छ ।

उता ख्वप कलेज भक्तपुरले पनि दिवसकै अवसरमा भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित कलेज परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  २ : ५४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका