पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकिने « Khabarhub

पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकिने


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पपुवा न्युगिनीको पहिरोमा पुरिएका सयौँ गाउँलेको खोजीका लागि खटिएको सेनाले बुधबारदेखि उद्धार कार्य रोकिएको जनाएको छ ।

‘थप पहिरो आउने जोखिमका कारण शव निकाल्ने सबै प्रयास स्थगित गरिएको छ,’मेजर जो अकुले भने । 

‘यो अवस्थामा उद्धारका लागि तत्काल कुनै सम्झौता हुँदैन’, उनले भने, ‘बाँचेकाहरूको प्रियजनहरूलाई पुनःप्राप्त गर्ने आशामा धक्का लागेको छ ।’

घटनास्थलको रेखदेख गरिरहेका एक प्रमुख सैन्य अधिकारी अकुले पहाडी पहिरोस्थल क्षेत्रलाई ‘सबैका लागि प्रवेश निषेध क्षेत्र’ घोषणा गरे । 

यसलाई अर्को सूचना जारी नभएसम्मका लागि समुदाय र अधिकारीको प्रवेश निषेधसहित घेराबन्दी गरिनेछ ।

पपुवा न्यू गिनीको सरकारले एङ्गा प्रान्तको पहाडी दुर्गम वस्तीलाई विस्थापित गरेको ६०० मिटर लामो पहिरोस्थलमा कम्तीमा दुई हजार व्यक्ति पुरिएको हुन सक्ने अनुमान गरेको छ ।

अहिले उद्धारको प्रयास बन्द भएकोले विपत्तिको कारण वास्तविक कति जनाको मृत्यु भयो भन्नु अनुमान मात्र हो । पपुवा न्यू गिनी विश्वको सबैभन्दा बढी विपद् जोखिमयुक्त क्षेत्रमध्ये एक हो र यसको उच्च भूमिमा पहिरो जानुलाई अत्यन्तै सामान्य मानिन्छ । 

पपुवा न्यु गिनीको पहिरो तथा भौगोलिक विपद् नियन्त्रण विभागको प्रतिवेदनमा ‘निकट भविष्यमा’ उक्त स्थानमा थप पहिरो जाने उच्च सम्भावना रहेको उल्लेख गरिएको छ । 

प्रतिवेदनमा गाउँलेहरूको स्थानान्तरणमा ‘कुनै सम्झौता हुन नहुने’ तर पुनःस्थापनाको प्रयासले पहिरोस्थलमा अर्को पहिरो निम्त्याउन सक्ने जोखिम रहेको कारण उद्धार कार्य स्थगन गर्नुको विकल्प छैन ।’

विशेष गरी, हालसालै आइपुगेको हेभी मेशिनरीको प्रयोगले माथि थुप्रिएका ढुङ्गाहरू खस्न सक्ने जोखिमपछि उद्धार कार्यलाई रोकिएको छ । 

प्रतिवेदनमा भनिएको छ, ‘मेसिनबाट निस्कने गति वा कम्पनले यी ढुङ्गाहरू सर्ने र खस्ने सम्भावना बढेपछि तत्कालका लागि उद्धार कार्य रोकिएको छ ।’

जोखिमका कारण वरपरका समुदायलाई सुरक्षित स्थानमा सारिएको र धेरैले नजिकैको ‘आश्रयस्थलमा’ मा शरण लिएको अकुले बताए।

उनीहरू बाँच्नका लागि सहयोगी सङ्घसंस्था वा साझेदार मुलुकबाट प्राप्त हुने सहायतामा भर परिरहेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ३ : २८ बजे

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा