पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकिने « Khabarhub

पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकिने


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पपुवा न्युगिनीको पहिरोमा पुरिएका सयौँ गाउँलेको खोजीका लागि खटिएको सेनाले बुधबारदेखि उद्धार कार्य रोकिएको जनाएको छ ।

‘थप पहिरो आउने जोखिमका कारण शव निकाल्ने सबै प्रयास स्थगित गरिएको छ,’मेजर जो अकुले भने । 

‘यो अवस्थामा उद्धारका लागि तत्काल कुनै सम्झौता हुँदैन’, उनले भने, ‘बाँचेकाहरूको प्रियजनहरूलाई पुनःप्राप्त गर्ने आशामा धक्का लागेको छ ।’

घटनास्थलको रेखदेख गरिरहेका एक प्रमुख सैन्य अधिकारी अकुले पहाडी पहिरोस्थल क्षेत्रलाई ‘सबैका लागि प्रवेश निषेध क्षेत्र’ घोषणा गरे । 

यसलाई अर्को सूचना जारी नभएसम्मका लागि समुदाय र अधिकारीको प्रवेश निषेधसहित घेराबन्दी गरिनेछ ।

पपुवा न्यू गिनीको सरकारले एङ्गा प्रान्तको पहाडी दुर्गम वस्तीलाई विस्थापित गरेको ६०० मिटर लामो पहिरोस्थलमा कम्तीमा दुई हजार व्यक्ति पुरिएको हुन सक्ने अनुमान गरेको छ ।

अहिले उद्धारको प्रयास बन्द भएकोले विपत्तिको कारण वास्तविक कति जनाको मृत्यु भयो भन्नु अनुमान मात्र हो । पपुवा न्यू गिनी विश्वको सबैभन्दा बढी विपद् जोखिमयुक्त क्षेत्रमध्ये एक हो र यसको उच्च भूमिमा पहिरो जानुलाई अत्यन्तै सामान्य मानिन्छ । 

पपुवा न्यु गिनीको पहिरो तथा भौगोलिक विपद् नियन्त्रण विभागको प्रतिवेदनमा ‘निकट भविष्यमा’ उक्त स्थानमा थप पहिरो जाने उच्च सम्भावना रहेको उल्लेख गरिएको छ । 

प्रतिवेदनमा गाउँलेहरूको स्थानान्तरणमा ‘कुनै सम्झौता हुन नहुने’ तर पुनःस्थापनाको प्रयासले पहिरोस्थलमा अर्को पहिरो निम्त्याउन सक्ने जोखिम रहेको कारण उद्धार कार्य स्थगन गर्नुको विकल्प छैन ।’

विशेष गरी, हालसालै आइपुगेको हेभी मेशिनरीको प्रयोगले माथि थुप्रिएका ढुङ्गाहरू खस्न सक्ने जोखिमपछि उद्धार कार्यलाई रोकिएको छ । 

प्रतिवेदनमा भनिएको छ, ‘मेसिनबाट निस्कने गति वा कम्पनले यी ढुङ्गाहरू सर्ने र खस्ने सम्भावना बढेपछि तत्कालका लागि उद्धार कार्य रोकिएको छ ।’

जोखिमका कारण वरपरका समुदायलाई सुरक्षित स्थानमा सारिएको र धेरैले नजिकैको ‘आश्रयस्थलमा’ मा शरण लिएको अकुले बताए।

उनीहरू बाँच्नका लागि सहयोगी सङ्घसंस्था वा साझेदार मुलुकबाट प्राप्त हुने सहायतामा भर परिरहेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ३ : २८ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको