यो मनसुनमा १८ लाख एक हजार मानिस विस्थापित हुने अनुमान « Khabarhub

यो मनसुनमा १८ लाख एक हजार मानिस विस्थापित हुने अनुमान


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।

प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना सार्वजनिक गर्दै विपद न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको जनाएको हो ।

प्राधिकरणले योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्यसम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा काम गरिने जनाएको छ ।

प्राधिकरणले यस वर्ष सरदरभन्दा धेरै बर्षा हुने सम्भावना रहेको भन्दै १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आँकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताए । यसका लागि विभिन्न निकायसँग समन्वय गर्दै अघि बढ्ने उनले बताए ।

प्राधिकरणले मनसुनजन्य विपदबाट जोगिन तीन दिनअघि नै मौसमको पूर्वानुमान गरी बुलेटिन जारी गर्ने र आपतकालीन प्रयोगका लागि ११४९ नम्बर प्रयोगमा ल्याइएको जनाएको छ ।

अत्यावश्यक स्थानमा तत्काल पुर्‍याउन सक्ने गरि एउटा प्रदेशमा कम्तीमा पनि ५ वटाका दरले सातै प्रदेशमा ३५ वटा बेलिब्रिज राख्ने प्रबन्ध भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ५ : ०५ बजे

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले नै बोले झुट, कार्यसम्पादनमा फुयाँल अगाडि, शर्मा तेस्रो

काठमाडौं– बिहीबार संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका क्रममा गरेको सिफारिसपछि सरकारले

‘साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्छौँ’

धरान (सुनसरी)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साहसिक खेलमार्फत प्रदेशको

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र

टिपरको ठक्करबाट एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको