सोह्रौं योजना सार्वजनिक (पूर्णपाठ) « Khabarhub

सोह्रौं योजना सार्वजनिक (पूर्णपाठ)


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सोह्रौं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) को पूर्णपाठ सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगले योजनाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

आउँदो साउनदेखि पाँच वर्षसम्म योजना कार्यान्वयन हुनेछ । यसअघि  योजनाको मस्यौदामा आगामी योजना कार्यान्वयन गर्न कम्तिमा ९१ खर्ब ९६ अर्बदेखि १ नील १४ खर्ब रुपैयाँ लाग्ने अनुमान आयोगले गरेको थियो ।

योजनामा समृद्धिका ४० राष्ट्रिय लक्ष्य तय गर्ने सरकारले जनाएको थियो । सुशासनका १०, सामाजिक न्यायका १० र समृद्धिका २० गरी ४० लक्ष्य निर्धारण गरिएको थियो ।

योजनाको अन्तिम वर्ष २०८५/८६ मा ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन हालको १४९५ बाट २३८१ र प्रतिव्यक्ति आय हालको १४१० बाट २४१३ अमेरिकी डलर पुर्‍याउने लक्ष्य योजनाको मस्यौदामा उल्लेख थियो ।

योजना अवधिको पाँच वर्षमा औषत आर्थिक वृद्धिदर ६.६ प्रतिशत हुने आयोगले अनुमान गरेको थियो । २०८५/८६ सम्म नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) आधार मूल्यमा ९१ खर्ब ३३ अर्ब पुग्ने प्रक्षेपण पनि सरकारले गरेको थियो ।

योजनाका लक्ष्य हासिल गर्न पाँच वर्षमा कूल १ नील ४० खर्ब ९८ अर्ब रुपैयाँ आवश्यक लगानी हुने आयोगले जनाएको थियो । योजनाको अन्तिम दस्तावेजमा भने यी लक्ष्यहरूमा आयोगले सामान्य हेरफेर गरेको देखिएको छ ।

सोह्रौं योजनाको पूर्णपाठः

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ६ : ४२ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल