‘जल समाधि लिँदैछु’ भन्दै घरबाट हिँडेका प्राध्यापक तिम्सिना दुई दिनदेखि बेपत्ता « Khabarhub

‘जल समाधि लिँदैछु’ भन्दै घरबाट हिँडेका प्राध्यापक तिम्सिना दुई दिनदेखि बेपत्ता


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


71.7k
Shares
  • change font
  • change font
  • change font

सुनसरी : प्राध्यापक एवम् समालोचक डा. रामजी तिम्सिना दुई दिनदेखि बेपत्ता भएका छन् ।

सुनसरीको इटहरी निवासी डा. रामजी तिम्सिना बुधबार बिहान घरबाट अचानक निस्किएयता अवस्था खुल्न सकेको छैन ।

उनी त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक थिए । बुधबार बिहान घरबाट निस्किनुअघि छाडेको सन्देशअनुसार उनी तनावमा रहेको देखिन्छ ।

‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा !’ उनले घरमा परिवारका सदस्यलाई एउटा पानामा यति सन्देश लेखेर हिँडेका थिए । तिम्सिनले उक्त पानामा ‘मिति २०८१-०३-१९ बुधबार बिहान ४:१८ बजे’ पनि लेखेका भेटिएको छ ।

तिम्सिनाले चिन्तामा पार्ने सन्देश लेखेर बेपत्ता भएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि निवेदन पनि दिएको छ ।

पारिवारिक श्रोतका अनुसार उनी घरका अन्य सदस्य उठ्नुअघि नै बुधबार बिहान सवा ४ बजेको समयमा निस्किएका थिए ।

आफूले कुनै पनि साधन नचलाउने उनी सार्वजनिक सवारी प्रयोग गरेर गन्तव्यमा आउने जाने गर्थे । उज्यालो नभई घरबाट हिँडेकाले उनी कहाँ पुगे, कता गए भन्ने अहिलेसम्म परिवारका सदस्यले जानकारी पाउन सकेका छैनन् ।

सह-प्राध्यापक तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा पढाउने गर्थे । समालोचकका रुपमा राम्रो छवि बनाएका उनी बेपत्ता भएपछि साहित्य क्षेत्रका सर्जकले पनि चिन्ता व्यक्त गरेका छन् ।

उनी कोशी प्रदेशमा हुने साहित्यिकसहितका कार्यक्रममा भाग लिइरहन्थे । उनले विभिन्न समयमा प्रकाशित पुस्तक र अन्य विषयमा समालोचना गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले परिवारका सदस्यको निवेदन आएसँगै तिम्सिनाको खोजी भइरहेको बताएका छन् ।

बुधबार बेलुकासम्म उनी नफर्किएपछि प्रहरीले खोजी तीव्र बनाएको छ । रेग्मीका अनुसार उनको अवस्था अहिलेसम्म खुल्न सकेको छैन ।

उनले आफू जाने भनेको बराहक्षेत्र मन्दिर आसपासको सप्तकोसी क्षेत्रमा पनि खोजिएको प्रहरीले जनाएको छ । प्रहरीले उनी जाने भनिएको रुटको सीसीटीभी फुटेजको पनि अध्ययन गरिरहेको छ ।

तर अहिलेसम्म प्रहरीले तिम्सिनाबारे खास क्लु भेट्टाउन सकेको छैन । प्रहरी उपरीक्षक रेग्मीले सबै उपाय र प्रविधिको प्रयोग गरेर तिम्सिनाको अवस्था पत्ता लगाइने बताए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १२ : ३८ बजे

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह हिँडेपछि…

काठमाडौं- राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह

अब उच्च पदस्थ कर्मचारीको सम्पत्ति वार्षिक रूपमा सार्वजनिक गरिने

काठमाडौं– अब उच्च पदस्थ कर्मचारीको सम्पत्ति वार्षिक रूपमा सार्वजनिक गरिने

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौं- सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी

किसान परिचयपत्र वितरण गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई कृषिमा आकर्षण गरिने

काठमाडौं- सरकारले किसान परिचयपत्र दिने भएको छ । सरकारले सहुलियतमा

आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने सरकारको घोषणा

काठमाडौं- नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने