ऋषि सुनकले भने- बेलायतका जनताले सम्मानजनक निर्णय गरे « Khabarhub

ऋषि सुनकले भने- बेलायतका जनताले सम्मानजनक निर्णय गरे


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् ।

उनले लेबर पार्टीका नेता कियर स्टारमरलाई विजयको लागि बधाई दिएका छन् । 

उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु । ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन् । सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ । मैले कियर स्टारमरलाई उनको जितमा बधाई दिएँ ।’ 

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बने । अघिल्लो पटकको तुलनामा ४७ सिट बढेको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ ।  बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

अहिलेसम्म परिणाम अनुसार लेबर पार्टीले ३९२ सिट जितिसकेको छ । त्यस्तै कन्जरभेटिभले अहिलेसम्म ९९ सिटमा जित हासिल गरेको छ । जुन अघिल्लो निर्वाचनको तुलनामा २२० सिट कम हो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १२ : ५५ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

महिला भलिबलः एपिएफ फाइनल प्रदेश

झापा – यहाँ जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।