म माधव नेपालको पार्टीमा छैन, जनताको काम गरेर बस्छु : प्रेम आले « Khabarhub

म माधव नेपालको पार्टीमा छैन, जनताको काम गरेर बस्छु : प्रेम आले


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू उक्त पार्टीमा नरहेको बताएका छन् ।

काठमाडौंको कमलादीमा जारी समाजवादीको दशौँ महाधिवेशनमा सहभागी नभएर भारत घुम्न गएका आलेले आफू पार्टीमा सक्रिय नरहेको बताएका हुन् ।

असार १६ गतेदेखि सुरु भएको दशौँ महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने घोषणा गरेका हुन् ।

‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईंको पार्टीमा बस्दिनँ भनेको थिएँ’, उनले भने, ‘अब म त्यो पार्टीमा रहन्नँ, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने केही सोचेको छैन ।’

आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरू पदाधिकारी रहेको भन्दै कटाक्ष गरे । ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ’, उनले भने ।

शुक्रबार नेकपा एकीकृत समाजवादीले सार्वजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम राखिएको छैन । काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदा पूर्वपर्यटनमन्त्री आले भारतमा घुमघाम गरिरहेका थिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : २६ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ