सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय « Khabarhub

सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ ।

क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ‘ए’ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ ।

क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् ।

त्यस्तै ग्रेड ‘बी’ मा भने कुशल मल्ल, गुल्सन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार पारिश्रमिक पाउने छन् ।

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जिसी छन् । उनीहरूले ५५ हजार पाउने छन् ।

ग्रेड ‘डी’ मा परेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, वसिर अहमद र सुर्य तामाङले मासिक ३५ हजार पाउने क्यानले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : ३४ बजे

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि छ जनाको उम्मेदवारी

बागमती – यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौं – काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित