विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ « Khabarhub

विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रोम – विश्व खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले शुक्रबार बताएको छ । एफएओले सन् २०२४ मा विश्वव्यापी अनाज उत्पादन सर्वकालीन उच्चमा पुग्ने प्रक्षेपण गरेको छ ।

व्यापक एफएओ खाद्य मूल्य सूचकाङ्क गत महिना औसत एक सय २० दशमलव छ अङ्क थियो । यो मे महिनादेखि करिब अपरिवर्तित थियो । तथापि सन् २०२३ को तुलनामा सूचकाङ्क दुई दशमलव एक प्रतिशत कम रहेको थियो ।

एफएओका अनुसार गहुँको बलियो फसल र उत्तरी गोलार्धमा अनुकूल बढ्दो अवस्थाका कारण सूचकाङ्कको सबैभन्दा ठूलो घटक अनाजको मूल्य मेको तुलनामा तीन प्रतिशतले घटेको छ । सोही अवधिमा माग घटेका कारण चामल र मकैको मूल्य घटेको हो ।

पाम तेलको माग बढेका कारण मेको तुलनामा तरकारी तेलको मूल्य तीन दशमलव एक प्रतिशतले बढेको छ । जैविक इन्धन क्षेत्रको बढ्दो मागले सोया र सूर्यमुखी तेलको मूल्यको दबाबमा योगदान पु-याएको थियो ।

जुन महिनामा दुग्ध उत्पादनको मूल्य मेको तुलनामा एक दशमलव दुई प्रतिशतले बढेको र अघिल्लो वर्षको तुलनामा छ दशमलव छ प्रतिशतले बढेको छ । बढ्दो विश्वव्यापी मागका कारण मक्खनको मूल्य दुई वर्षयताकै उच्चस्तरमा पुगेको छ । यद्यपि, पश्चिमी यूरोपमा उत्पादन घटेको र ओशिनियामा कम इन्भेन्टरीहरूले मूल्यहरूमा माथिल्लो दबाबमा योगदान पु-याएको थियो ।

चिनीको मूल्य अघिल्लो महिनाको तुलनामा एक दशमलव नौ प्रतिशतले बढेको छ र लगातार तीन महिनाको गिरावटपछि पुनः वृद्धि भएको छ । यो वृद्धि मुख्यतया विश्वको अग्रणी चिनी उत्पादक ब्राजिलमा फसलको चिन्ताको कारण हो ।

एफएओले सन् २०२४ मा विश्वव्यापी अनाज उत्पादनका लागि आफ्नो पूर्वानुमानलाई दुई अर्ब ८५ करोड ४० लाख टनको रेकर्ड उच्चमा परिमार्जन गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ८ : ३७ बजे

इरानको दाबी : अमेरिकाका तीन प्रमुख सैन्य अड्डामा जवाफी आक्रमण

तेहरान- इरानले जोर्डन, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा जवाफी

न्यूयोर्क टाइम्स भन्छ- ‘इन्टरसेप्टर’ सकिन थालेपछि अमेरिकाले इरानमाथिको हमला रोक्यो

वासिङ्टन- संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू