बाँझो जग्गामा ड्रागन फ्रुट, मनग्य आम्दानी « Khabarhub

बाँझो जग्गामा ड्रागन फ्रुट, मनग्य आम्दानी


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

बागलुङ – कालीगण्डकी नदी किनार खनियाबासस्थित पाँच रोपनी बाँझो जग्गाले मुहार फेरेको छ । दुई वर्षको अन्तरालमा खनियाबासको उक्त बाँझो जग्गामा अहिले राताम्मे ‘ड्रागन फ्रुट’ फलेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखाका बिमलेश आचार्यले बाँझो जग्गा सदुपयोगका लागि लगाउनु ड्रागन फ्रुटबाट मनग्य आम्दानी गर्न थालेका छन् । दोस्रो चरणको उत्पादन दिइराखेको ड्रागन फ्रुटको माग धान्नै नसक्ने अवस्थामा रहेको आचार्यको भनाइ छ ।

उनले रामरेखास्थित तीन रोपनी जग्गामा समेत ड्रागन फ्रुटको खेती गरेका छन्। दुई ठाउँ गरेर आठ रोपनी जग्गामा गरिएको खेतीबाट दोस्रो चरणको उत्पादन राम्रो भइरहेको उनले बताए ।

आचार्यले जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा बहुगुणी ड्रागन फ्रुटको खेती थालेका हुन्। “ड्रागन फ्रुटको विषयमा चासो राख्दै जाँदा लोकेन्द्र विष्टको अन्तर्वार्ता हेरेको थिएँ, त्यहाँबाट प्रभावित भएर आठ रोपनीमा ड्रागन फ्रुटको खेती सुरु गरेको हुँ”, उनले भने, “सुरुमा ठूलो लगानी भए पनि फसल भने लामो समयसम्म लिन सकिने रहेछ ।”

ड्रागन फ्रुट खेतीमा हालसम्म रु ५० लाख लगानी भइसकेको उनले सुनाए ।ड्रागन फ्रुटको विरुवा रोपेको दुई वर्षमै दोस्रो चरणको ड्रागन फ्रुट उत्पादन भइरहेको बताउदै पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट उत्पादन भएकोमा दोस्रो चरणमा चार सय केजी उत्पादन भएको आचार्यको भनाइ छ । उहाँले एक याममै रु दुई लाखसम्मको बिक्री भएको बताए ।

रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिकखेती जिल्लामै उदाहरणीय बनेको छ । दुई हजार एक सय ड्रागन फ्रुटका बिरुवा लगाएकामा सबै बिरुवा राम्रोसँग हुर्किएर फल लाग्न थालेपछि आफू हर्षित भएको उनले सुनाए ।

अहिले प्रतिकेजी रु पाँच सयका दरले ड्रागन फ्रुट घरबाटै बिक्री भइरहेको छ । उनले भने, “ड्रागन फ्रुटको खेतीका लागि मल्चिङ प्रविधि र थोपा सिँचाइको व्यवस्था छ ।” उनले प्रतिबिरुवा रु चार सयमा खरिद गरेर लगाइएको जानकारी दिए ।

उनले छ सय सिमेन्टका पोल र टायर खरिद, जग्गा व्यवस्थापन, तारबार, बिरुवा लागि रु ५० लाखभन्दा बढी लगानी गरेको बताए । यो फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : ४५ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा