बाँझो जग्गामा ड्रागन फ्रुट, मनग्य आम्दानी « Khabarhub

बाँझो जग्गामा ड्रागन फ्रुट, मनग्य आम्दानी


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

बागलुङ – कालीगण्डकी नदी किनार खनियाबासस्थित पाँच रोपनी बाँझो जग्गाले मुहार फेरेको छ । दुई वर्षको अन्तरालमा खनियाबासको उक्त बाँझो जग्गामा अहिले राताम्मे ‘ड्रागन फ्रुट’ फलेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखाका बिमलेश आचार्यले बाँझो जग्गा सदुपयोगका लागि लगाउनु ड्रागन फ्रुटबाट मनग्य आम्दानी गर्न थालेका छन् । दोस्रो चरणको उत्पादन दिइराखेको ड्रागन फ्रुटको माग धान्नै नसक्ने अवस्थामा रहेको आचार्यको भनाइ छ ।

उनले रामरेखास्थित तीन रोपनी जग्गामा समेत ड्रागन फ्रुटको खेती गरेका छन्। दुई ठाउँ गरेर आठ रोपनी जग्गामा गरिएको खेतीबाट दोस्रो चरणको उत्पादन राम्रो भइरहेको उनले बताए ।

आचार्यले जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा बहुगुणी ड्रागन फ्रुटको खेती थालेका हुन्। “ड्रागन फ्रुटको विषयमा चासो राख्दै जाँदा लोकेन्द्र विष्टको अन्तर्वार्ता हेरेको थिएँ, त्यहाँबाट प्रभावित भएर आठ रोपनीमा ड्रागन फ्रुटको खेती सुरु गरेको हुँ”, उनले भने, “सुरुमा ठूलो लगानी भए पनि फसल भने लामो समयसम्म लिन सकिने रहेछ ।”

ड्रागन फ्रुट खेतीमा हालसम्म रु ५० लाख लगानी भइसकेको उनले सुनाए ।ड्रागन फ्रुटको विरुवा रोपेको दुई वर्षमै दोस्रो चरणको ड्रागन फ्रुट उत्पादन भइरहेको बताउदै पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट उत्पादन भएकोमा दोस्रो चरणमा चार सय केजी उत्पादन भएको आचार्यको भनाइ छ । उहाँले एक याममै रु दुई लाखसम्मको बिक्री भएको बताए ।

रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिकखेती जिल्लामै उदाहरणीय बनेको छ । दुई हजार एक सय ड्रागन फ्रुटका बिरुवा लगाएकामा सबै बिरुवा राम्रोसँग हुर्किएर फल लाग्न थालेपछि आफू हर्षित भएको उनले सुनाए ।

अहिले प्रतिकेजी रु पाँच सयका दरले ड्रागन फ्रुट घरबाटै बिक्री भइरहेको छ । उनले भने, “ड्रागन फ्रुटको खेतीका लागि मल्चिङ प्रविधि र थोपा सिँचाइको व्यवस्था छ ।” उनले प्रतिबिरुवा रु चार सयमा खरिद गरेर लगाइएको जानकारी दिए ।

उनले छ सय सिमेन्टका पोल र टायर खरिद, जग्गा व्यवस्थापन, तारबार, बिरुवा लागि रु ५० लाखभन्दा बढी लगानी गरेको बताए । यो फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : ४५ बजे

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई