लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण गर्न सहकार्य | Khabarhub Khabarhub

लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण गर्न सहकार्य


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ ।

लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्ने खाँचो रहेको छलफलका सहभागीले औँल्याएका थिए ।

कार्यक्रममा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने जनाउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाको साथ र सहयोग आवश्यक रहेको बताए ।

उनले कोषको वर्तमान पदाधिकारी स्थानीयवासीको सवालमा संववेदनशील रहेको जनाउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरूको थलोका रूपमा विकास गर्नुपर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिले लुम्बिनीलाई साँच्चिकै शान्तिस्थलका रूपमा विकास गर्न सहयोग गर्नुपर्ने उल्लेख गरे ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले कोष र स्थानीय सरकारबीच सहकार्यको वातावरण बढाउनुपर्ने बताइन् ।

उनले कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याइँ गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयवासीको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्थल र विश्वका बौद्धमार्गीका आस्थाको केन्द्र भएकाले यहाँका विषयमा सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।

उनले युनेस्कोले खतराको सूचीमा नराख्ने निर्णय भए पनि यसको संरक्षणका लागि कोषसँगै स्थानीय सरकार र स्थानीयवासीले सहयोग गर्नुपर्ने बताए ।

लुम्बिनीभित्रको संरचनाले मात्रै खतरामा नपरेको बताउँदै वातावरण प्रदूषण, ‘प्रोक्वाक’ले भनेको शान्ति सहरजस्ता विषयमा प्रश्न उठेकाले यस विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले चासो र सहकार्यको आवश्यकता औँल्याए ।

उक्त अवसरमा विहारहरूका प्रतिनिधिले आफूहरूले धर्मशाला सञ्चालन गरिरहे पनि होटलका रूपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीले गुनासो गरेकामा दुःख व्यक्त गरेका थिए ।

छलफलमा भन्ते विवेकानन्द, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, विहारका प्रतिनिधिले लुम्बिनी क्षेत्रको विकासमा जोड दिएका थिए ।

 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ८ : ३५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस