पर्साको दुग्धेश्वरनाथमा दर्शनार्थीको घुइँचो « Khabarhub

पर्साको दुग्धेश्वरनाथमा दर्शनार्थीको घुइँचो


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । अन्य दिनभन्दा आज  मन्दिरमा स्वदेशी एवं भारतीय दर्शनार्थीको भीड लागेको हो ।

दुग्धेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वर महादेवको दर्शन गर्नका लागि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको बताए ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा  दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ ।

उनले सोमबार भारतीय र नेपाली दर्शनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताए । अध्यक्ष थारूले सोमबार मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गरे ।

पर्टेवा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोले पनि दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आउने दर्शनार्थीको व्यवस्थापनमा जुट्दै आइरहेको बताइन् ।

मन्दिर दर्शन गर्न दर्शनार्थी चारपाङ्ग्रे सवारी साधन, ट्रयाक्टर, मोटरसाइकल र पैदल हिँडेरै आउने गर्छन् । धेरैजसो दर्शनार्थी मोटरसाइकल र ट्रयाक्टर चढेर आउने गर्छन् । मन्दिरमा साउनभर मेला लाग्ने गर्छ ।

यो मन्दिर वीरगञ्जबाट सवारीसाधनमा डेढदेखि दुई घण्टाको यात्रापछि पुगिन्छ । राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ ।  अन्य सिजनमा भने पूर्णतया यहाँ जान रोक लगाइन्छ ।

पर्साको पोखरिया नगरपालिकाबाट दुग्धेश्वर महादेवको शनिबार दर्शन गर्न आएका जटाशङ्कर साहले महादेव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिएर दर्शन गर्न आएको बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ९ : २२ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती