बंगलादेशको प्रदर्शनमा मारिनेको सङ्ख्या ९० पुग्यो | Khabarhub Khabarhub

बंगलादेशको प्रदर्शनमा मारिनेको सङ्ख्या ९० पुग्यो


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच आइतबार भएको झडपका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९० पुगेको छ ।

मृत्यु भएका मध्ये कम्तिमा १३ जना सुरक्षाकर्मी रहेको बीबीसीले जनाएको छ । सिराजगञ्ज जिल्लामा रहेको एक प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गर्दा प्रहरीहरुको मृत्यु भएको हो ।

आरक्षण विरोधी आन्दोलन गर्दै आएका विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सुरु गरेको दोश्रो चरणको आन्दोलन अन्तर्गत आइतबार विद्यार्थीहरुमाथि बर्बर दमन भएको थियो ।

यसअघि पहिलो चरणमा भएको आन्दोलन पनि हिंसात्मक बनेको थियो । जसमा थुप्रै विद्यार्थी मारिएका थिए । आन्दोलनका क्रममा अहिलेसम्म मारिनेको सङ्ख्या २८० नाघेको छ ।

बंगलादेशमा थप हिंसालाई रोक्नको लागि अनिश्चितकालीन राष्ट्रव्यापी कर्फ्यू लगाइएको छ । बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि नै देशभर कर्फ्यूको घोषणा गरेको थियो । कर्फ्यु अवधिमा फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघले हिंसा अन्त्य गर्न आह्वान गर्दै सरकार र राजनीतिज्ञहरूलाई संयमता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ९ : ५० बजे

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले

चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको