बागलुङमा विद्यार्थीलाई सुन्तला-कागतीका बिरुवा वितरण अभियान « Khabarhub

बागलुङमा विद्यार्थीलाई सुन्तला-कागतीका बिरुवा वितरण अभियान


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागलुङका कृषि विषयमा स्नातकोत्तर गरेका युवाले एक विद्यार्थी, एक सुन्तला, एक कागती बिरुवा वितरण अभियान चलाएका छन् । जैमिनी नगरपालिका वडा नं. २ का सुजन सापकोटाले २ वर्षदेखि यो अभियान थालेका हुन् । एक विद्यार्थी एक बिरुवाका दरले भए पनि कतिपय विद्यार्थीले धेरै बिरुवा रोपेका छन् ।

यो अभियानअन्तर्गत अहिलेसम्म उनले ७ हजार बिरुवा विद्यार्थीलाई वितरण गरेका छन् । जैमिनी, बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाका विद्यार्थीलाई ती बिरुवा वितरण गरिएको हो ।

अहिले पनि सापकोटाले सिगाना मावि तित्याङका विद्यार्थीलाई बिरुवा वितरण गरेका छन् । ‘बढ्दो जलवायु परिवर्तन न्यूनीकरणका लागि हरेक विद्यालयमा यो अभियान चलाएको हुँ’ सापकोटाले भने, ‘आफ्नो माटो माया गर्ने भावना विकास गर्न यो अभियानले साथ दिनेछ ।’ बाँझो रहने जग्गा उपयोग गर्न पनि यो अभियानले साथ दिने उनले बताए ।

बढ्दो बसाइसराइ कम गर्न र विद्यार्थीलाई कृषि क्षेत्रमा आकर्षित गर्न पनि यो विधि उपयोगी भएको उनको भनाई छ । कृषि प्राविधिक भएकाले सुन्तला र कागतीका बिरुवामा आउने समस्याबारे पनि उनले सल्लाह दिने गर्छन् ।

विद्यार्थी कालमै बिरुवामा लाग्ने रोग किराबारे जानकारी लिने र उपचार पद्धति जान्न पाएका विद्यार्थीले भोली कृषि क्षेत्रमा लाग्न प्रेरणा मिल्ने शिक्षकहरूको भनाई छ ।

गाउँबाट निरन्तर लामो बसाइसराइ भएको बेला विद्यालयमा विद्यार्थीलाई एक विद्यार्थी ,एक कागती एक सुन्तला बिरुवा वितरणले वातावरणमा पर्यावरणीय सन्तुलन हुनुको साथै अहिलेको युवा पुस्तालाई कसरी आफ्नै माटोमा खेल्न सकिन्छ जोडिन सकिन्छ भन्ने सन्देश पनि कार्यक्रमले दिएको छ।

विभिन्न ठाउँको हावापानी र त्यहाँको अवस्थालाई मध्यनजर गरेर विद्यार्थी लाई पनि त्यस्तै किसिमका फलका बिरुवाहरू वितरण गर्दै आयका छन् ।साथै विभिन्न स्थानीय तहमा कृषकहरूलाई जम्मा गरी कृषि खेती सम्बन्धी तालिम संचालन गर्नुको साथै विभिन्न वडामा गएर निःशुल्क रूपमा परीक्षण गर्दै आयका छन् ।

बागलुङ जिल्ला बाट अभियान सुरु गरेका सापकोटाले गण्डकी प्रदेशका अरु जिल्लामा पनि आवश्यकताको आधारमा सुहाउँदो हावापानी अनुसारको उत्पादन दिने बिरुवाहरू विद्यार्थी लाई वितरण गर्ने अभियान छ। पहिलो चरणमा २०,००० बिरुवा वितरण गर्ने अभियान रहेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : १३ बजे

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

काठमाडौं– नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि