सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षीलाई दिन माग « Khabarhub

सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षीलाई दिन माग


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह हुन् ।  

‘प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख विपक्षी दललाई दिने लोकतान्त्रिक पद्धतिलाई पालन गर्न-गराउन सम्माननीय सभामुखज्यू र सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’ पाण्डेले भने । 

सार्वजनिक लेखा समितिको संयोजक हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल छन् । 

उनी यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि समितिको संयोजक थिए । तत्कालीन समयमा पनि एमाले सरकारमा सहभागी थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ५७ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त