सहकारी छानबिन समिति : प्रतिवेदन तयार गर्न गृहकार्य सुरु | Khabarhub Khabarhub

सहकारी छानबिन समिति : प्रतिवेदन तयार गर्न गृहकार्य सुरु


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन तयार गर्न गृहकार्य सुरु गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यादेशमा आधारित भएर प्रतिवेदन बनाउनका लागि आवश्यक सुझाव लिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । 

प्रतिवेदनमा समेट्ने विषयमा सचिवालयबाट प्रस्तुत खाकाका विषयमा बैठकमा छलफल भएको भन्दै उनले खाकालाई सर्वसम्मतले पारित गरेको बताए । यसअघि भएका छलफलका निष्कर्षलाई समेटेर प्रतिवेदन मस्यौदा बनाउदै लैजाने र आवश्यकता अनुसार सरोकारवाला निकायसँग छलफल पनि गर्दै जाने उनले जानकारी दिए । 

त्यस्तै उनले सहकारी रकम हिनामिना आरोपित सम्बन्धित सहकारीका अध्यक्ष लगायतका पदाधिकारीसँग समितिले छलफल गर्ने र त्यसका लागि प्रश्नहरूको खाका तयार गरिएको बताए। 

बिभिन्न निकायबाट माग गरेका तथ्य-तथ्याङ्कका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने समयसम्म छानविन लगाएका काम जारी रहने समिति संयोजक थापाले बताए ।  

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ६ : ३७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले