सहकारी छानबिन समिति : प्रतिवेदन तयार गर्न गृहकार्य सुरु « Khabarhub

सहकारी छानबिन समिति : प्रतिवेदन तयार गर्न गृहकार्य सुरु


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन तयार गर्न गृहकार्य सुरु गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यादेशमा आधारित भएर प्रतिवेदन बनाउनका लागि आवश्यक सुझाव लिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । 

प्रतिवेदनमा समेट्ने विषयमा सचिवालयबाट प्रस्तुत खाकाका विषयमा बैठकमा छलफल भएको भन्दै उनले खाकालाई सर्वसम्मतले पारित गरेको बताए । यसअघि भएका छलफलका निष्कर्षलाई समेटेर प्रतिवेदन मस्यौदा बनाउदै लैजाने र आवश्यकता अनुसार सरोकारवाला निकायसँग छलफल पनि गर्दै जाने उनले जानकारी दिए । 

त्यस्तै उनले सहकारी रकम हिनामिना आरोपित सम्बन्धित सहकारीका अध्यक्ष लगायतका पदाधिकारीसँग समितिले छलफल गर्ने र त्यसका लागि प्रश्नहरूको खाका तयार गरिएको बताए। 

बिभिन्न निकायबाट माग गरेका तथ्य-तथ्याङ्कका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने समयसम्म छानविन लगाएका काम जारी रहने समिति संयोजक थापाले बताए ।  

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ६ : ३७ बजे

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा