पाकिस्तानी राजदूतले भने : सार्कलाई नवजीवन दिनुपर्छ « Khabarhub

पाकिस्तानी राजदूतले भने : सार्कलाई नवजीवन दिनुपर्छ


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच हास्मीले दक्षिण एसियाको समृद्धिका निम्ति दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई नवजीवन दिनुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा उनले आपसी एकता र सहयोग कायम गर्दै क्षेत्रीय सहयोगको माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर उठाउने उद्देश्यका साथ स्थापना भएको सार्कलाई निष्क्रिय बनाउन नहुने बताए ।

सार्कको लक्ष्य र उद्देश्य दक्षिण एसियामा शान्ति स्थापना, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक क्षेत्रमा आपसमा सहयोग आदानप्रदान गर्नु हो भन्दै राजदूत हास्मीले जलस्रोत, ऊर्जा, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, कृषि, स्वास्थ्य, वातावरण, खाद्य सुरक्षाजस्ता दक्षिण एसियाका जनताका विषयलाई सार्कले सम्बोधन गर्दै आएको बताए ।

दक्षिण एसियाको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकास, आपसी विश्वास र समझदारी विस्तार, साझा हितका मामिलामा अन्तर्राष्ट्रिय मञ्चहरू सहयोग सुदृढ गर्ने तथा समान लक्ष्य र उद्देश्य भएका अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनसँगको साझेदारीबाट सार्कलाई गतिशील बनाउन सकिने उनले बताए ।

सन् २०१६ को नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको सार्कको १९ औँ शिखर सम्मेलन आजसम्म हुन नसकेकामा चिन्ता व्यक्त गर्दै राजदूत हास्मीले सम्मेलन आयोजना गर्न आफ्नो देश तयार रहेको बताए ।

“अध्यक्ष राष्ट्र नेपालले सम्मेलन आयोजना गर्ने जानकारी दिएको दुई महिनामा हामी सम्पूर्ण तयारी पूरा गरेर सफलतापूर्वक शिखर बैठक सम्पन्न गर्नेछौँ”, उनले भने ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ८ : ४४ बजे

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु