रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग « Khabarhub

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले जिल्लाको गंगादेव गाउँपालिका–५ पाखापानीमा ११ वर्षीय बालक लोकेन्द्र विकमाथि भएको कुटपिट तथा उद्धारमा पुगेकाहरूमाथि आक्रमण भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले उक्त घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका छन्। घटना जानकारीमा आएलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुखसँग सम्पर्क गरी संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन र स्वतन्त्र तथा निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको उनले बताएका छन्।

उनका अनुसार प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ। घटनापछि पनि प्रहरी प्रशासनसँग निरन्तर संवाद भइरहेको जनाउँदै उनले दोषीमाथि कडा कानुनी कारबाही गर्न पुनः माग गरेका छन्।

पुनले न्यायका लागि आवाज उठाउने सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी कठघरामा उभ्याउन निरन्तर खबरदारी आवश्यक रहेको बताएका छन्।

कुटपिटबाट घाइते बालक लोकेन्द्र विक र उद्धारका क्रममा आक्रमणमा परेका गोपाल महरको शीघ्र स्वास्थ्य लाभको कामना समेत उनले गरेका छन्।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  २ : ०८ बजे

हुम्लामा आगलागीबाट २० लाख बराबरको क्षति

हुम्ला– गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि

नेप्से परिसूचक ११ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव

भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो

नयाँदिल्ली- मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमाथि थप दबाब