एकै झट्काले युक्रेनमा थपिएको पीडा | Khabarhub Khabarhub

एकै झट्काले युक्रेनमा थपिएको पीडा


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

रुसले युक्रेनमाथि गरेको एउटा बिभत्स आक्रमणले थप पीडा थपिएको छ। यस्तो बिभत्स घटना लिभको हो। लिभमा एकै पटक मरेका सात जनामध्ये आमा र उनका तीन छोरी पनि छन्। एउटी बच्ची र अर्को एक युवतीको समेत मृत्यु भएको छ।

लिभका मेयर आन्द्रे साडोभीका अनुसार रुसले ड्रोनका साथै हाइपर सोनिक मिसाइल आक्रमण गरेको थियो।

रुसले गरेको यो वर्षकै सबैभन्दा भयावह आक्रमण हो। साथै पोल्टाभामा रहेको सैन्य प्रतिष्ठानमा समेत भएको सो आक्रमणमा परी कुल ५३ जनाको ज्यान गएको छ। ५ जना अझै हराइरहेका छन्। त्यहाँको अवस्था साँच्चै दयनीय छ।

सुदूरपश्चिम लिभ बिहानको समयमा नै रेड अलर्टमा थियो। प्रत्यक्षदर्शीका अनुसार सहर बिहानको सवा ६ बजे निसानामा परेका थियो। रुसको रक्षा मन्त्रालयले जनाए अनुसार उसले लिभमा रहेको युक्रेनको सुरक्षा विभागको उपकरणमा हाइपर सोनिक हतियार प्रयोग गरिएको हो। यसैबिच साडोभीले रुसले ५० भन्दा बढी घर नष्ट गरेको बताइएको छ।

 

लिभको मुटुमै ऐतिहासिक स्थानमा घर, विद्यालय र क्लिनिक छताछुल्ल भएका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा त्यस घरका एक जना बाबु मात्र बचेका छन्। उनकी श्रीमती याभगिना र ३ छोरीहरू डारिना, एमिलिया र २१ वर्षीया आर्यनाको ज्यान गएको छ।

युक्रेनको एयर फोर्सले जनाए अनुसार रुसले १३ मिसाइल, २९ ड्रोन आक्रमण प्रहार गरेको तथा ७ क्रुज मिसाइल तथा २२ ड्रोन ध्वस्त पारिएको छ। साडोभीले रेल्वे यातायात नजिकको केही स्टेसन ध्वस्त पारेको जनाएको छ। लिभका प्रान्तीय प्रशासन प्रमुख माटियम कोट्जास्कीले जनाए अनुसार बसोबासका लागि बनाइएका घर पनि ध्वस्त भएका छन्। यी सबै जलेर खरानी भएका छन्।

गएको साढे दुई वर्षमा लिभमा भयङ्कर क्षति बेहोरेको छ। युद्धको सुरुवात देखिन नै रुसले त्यस सहरमा केही पनि बाँकी राखेको छैन। पछिल्लो साता भने रुसले त्यहाँको ऊर्जा संरचनामा नै प्रहार गरेको थियो।

युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीले आफ्ना सहयोगी देशलाई तत्काल लामो दुरीको हतियार पठाउनका लागि अपिल गरेका छन्।
पोल्टाभामा उद्धारकर्ताले अझै पनि सेनासँगको सहकार्यमा घाइते र शवहरूको खोजी गरीरहेका छन्। दुई साता अघि मात्र त्यहाँ क्याडेट मायकेटा पेडोभले मिसाइलले बिहान नौ बजे नै प्रहार गरेको जनाएका छन्।

पहिलो प्रहार भएको ३ सेकेन्डपछि दोस्रो विस्फोट भएको थियो। आफू बाहिर निस्कँदा धेरै लासहरू छरिएको, धुवा उडिरहेको तथा केही जीवितहरू चिन्ताले चुरोटको धुवा उडाइरहेको दृश्य देखिएको थियो।

ती क्याडेटले त्यहाँको अवस्था देखेर आफूलाई मानसिक रूपले सम्हाल्न नै कठिन भएको बताए। घटनाको दुई मिनेट अघि साइरन त बजेको थियो। तथापि यसले पूर्ण रूपले सबैलाई तयार हुनका लागि समय नै दिएन। ‘मानौँ तपाई ६ तला माथि हुनुहुन्छ। साइरन बजेको २ मिनेटमा के तपाई तल झरेर सुरक्षित स्थानमा पुग्न सक्नु हुन्छ?’ युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोक्चारेन्काले भने।

अधिकारीले जनाए अनुसार पोलटाभामा भएको आक्रमणमा २७१ जना घाइते भएका छन्। बुधबार मात्र त्यहाँको अस्पतालमा चार सय जनाले रगत दिएका छन्। अहिले ३९ वर्षीय अलेक्जेन्डर मोम्भसकोबिच पनि उद्धारमा सक्रिय छन्। उनी गत वर्ष पनि बाख्मुतनमा धेरै नै घाइते भएका थिए। रुसी सेनाको प्रहारका कारण उनको डाढ र घाँटीमा चोट लागेको छ। अहिले उनी मानिसहरूका लागि रगत दिन मात्र होइन अन्य आवश्यक सहयोगका लागि पनि त्यहाँ तैनाथ छन्।

पोलटोभाको तीन दिनको अवस्था साँच्चै दया लाग्दो छ। सिङ्गो अस्पतालमा विचित्रको शान्ति छ। मानिस रगत दिनका लागि लाइन बसेका छन्। रक्त सङ्कलनमा सक्रिय चिकित्सक भालाडोमिर रुडिकोभले पोलटोभाका जनता आवश्यक समयमा एक जुट भएको प्रतिक्रिया दिएका छन्। उनले आफू अस्पतालको मुख्य चिकित्सक भएको १६ वर्षमा यस्तो कहिल्यै पनि नदेखेको बताएका छन्।

राष्ट्रपति भालाडोमिर जेलेन्सकीले रुससँग यसको घटनाको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्। जेलेन्सकीको विचारमा एउटा मात्र कुरा अडेको छ। यस घटनाको बदला लिनका लागि तथा अहिले बच्नका लागि पनि लामो दुरीको मिसाइल आवश्यक छ। अहिले मृतकका परिवारप्रति सहानुभूतिमा व्यस्त युक्रेनका अधिकारी सेनालाई लुक्नका लागि सुरुङहरू पनि पर्याप्त नभएको जनाएका छन्।

पोल्टोभाका प्रान्तीय गभर्नर फिल प्रोनिनले आक्रमणलाई धूर्त र निन्दनीय रुसी आक्रमणको संज्ञा दिएका छन्। उनले मलवेमा बुधबारसम्म पनि १५ जना च्यापिएको बताए।

बुधबार नै राष्ट्रपति जेलेन्सकीले आयरल्यान्डका प्रिमियरसँग भेट गरे। आयरल्यान्डले युक्रेनलाई केही सहयोग गर्ने जनाएको छ।
आयरल्यान्ड सरकारले अति आवश्यक मानवीय सहयोगको साथमा पुन उत्थानका लागि आवश्यक सामग्री तथा युक्रेनलाई लामो समयका लागि सहयोगका बारे छलफल भएको थियो। यस युद्धमा धेरै पीडाका घटना छन्।
अहिले डोनबासमा प्रत्येक दिन दोहोरो झडप भइरहेको छ। यो आक्रमण भन्दा अघि खार्किभमा भएको आक्रमणमा पनि ४१ जना घाइते भएका थिए। खार्किभमा रुसी सेनाले मानवीय संवेदना समेत राखेको छैन। युद्धको सुरुवाती समयदेखि नै अस्पताल, बाल गृह तथा विद्यालयमा समेत निसाना बनाउने गरेको रुसले खार्किभमा अहिले पनि सोही ढङ्गको गतिविधि कायम राखेको छ।

केही महिना यता युक्रेन रुस विरुद्धको युद्धमा हाबी भइरहेको समाचार बाहिर आएको थियो। युक्रेनले रुसी भूमि समेत कब्जा जमाएको थियो। लगातार ड्रोन आक्रमण पनि युक्रेन सफल भएको थियो। यी सबै घटनापछि रुसको आक्रमणमा ५१ जनाको एकै पटक ज्यान गएपछि युक्रेनी सहयोगी पश्चिमा देशको भने प्रतिक्रिया आएको छैन। स्रोतः बिबिसी

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : ४७ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन