रास्वपा मधेस प्रदेशको विस्तारित बैठक सुरु « Khabarhub

रास्वपा मधेस प्रदेशको विस्तारित बैठक सुरु


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक आज सर्लाहीको लालबन्दीमा सुरु भएको छ। बैठकमा पार्टीका शीर्ष नेतृत्वसहित विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

बैठकमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य डा. नन्दन यादव सहभागी भएका छन्। साथै, प्रदेश समिति, विभागीय समिति तथा जिल्ला समितिका पदाधिकारीहरू पनि उपस्थित रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयोजक हरि पन्तका अनुसार बैठकमा पार्टीको संगठन विस्तार, आगामी रणनीति, तथा मधेस प्रदेशमा पार्टीको भूमिका र भविष्यबारे छलफल भइरहेको छ।

बैठकले मधेस प्रदेशमा रास्वपाको प्रभावकारिता बढाउन महत्वपूर्ण निर्णयहरू गरिने बताइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १२ : ४९ बजे

राष्ट्रियसभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।