मिनेन्द्रको प्रश्न- मेरो जस्तो अनुहारलाई समानुपातिकमा किन समेट्ने ? « Khabarhub

मिनेन्द्रको प्रश्न- मेरो जस्तो अनुहारलाई समानुपातिकमा किन समेट्ने ?


२० भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍‍. मिनेन्द्र रिजालले समानुपातिक सूचीमा समावेश हुने व्यक्तिहरूको बारेमा पार्टीले उचित क्लस्टर तयार गर्नुपर्ने बताएका छन् । 

बिहीबार संविधान निगरानी समूहले आयोजना गरेको संयुक्त सरकारको अभ्यास, शासकीय प्रभाव विषयमा बोल्दै नेपाली कांग्रेसका पूर्व सांसद रिजालले समानुपातिकको सूचीमा अवसर पाएका खस आर्यलाई नै ठूला दलले समावेश गरेको स्पष्ट पारे । 

उनले भने, ‘मेरो जस्तो अनुहारलाई किन समानुपातिकमा ल्याउने अरूको उदाहरण नदिई मेरो दिएको हो । काठमाडौँमा घर भएका र  टन्न  सम्पत्ति भएका मान्छे समानुपातिकमा किन राख्ने यो विषयमा दलहरूले सोच्नुपर्छ । ’ 

उनले थ्रेसहोल्ड बढाएर सरकार स्थिर नहुने भन्दै थ्रेसहोल्ड बढाउँदा साना दलहरू मारमा पर्ने कुरालाई समेत ध्यान दिन आग्रह गरे । 

उनले भने, ‘स्थिर सरकार दिनलाई दलहरूले बहुमत ल्याउनुपर्छ । थ्रेसहोल्ड बढाएर मात्र समस्या समाधान हुँदैन जस्तो लाग्छ ।’ 

उनले अगाडि भने, ‘सरकार बदलिएपछि मात्र अर्थतन्त्र खतरामा पर्छ अरू बेला थाहा हुन्न । मैले मेरै पार्टीका मान्छेको पनि कुरा गरेको हो । पार्टी सभापतिले चलाउने कि प्रधानमन्त्रीले चलाउने हो यो पनि बहसको विषय हो । यसमा पछि बहस गरौला ।’

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ३ : २९ बजे

कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने

कास्की– पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने

छठअघि सिर्सिया नदी सफाइ अभियान

काठमाडौँ– छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड दुईघण्टा बन्द

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिएकाे छ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौँ– काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको