सर्वदलीय टोलीले प्रचण्डलाई भन्यो- नदीबाट २० मिटर छाड्दा पशुपति मन्दिर नै सार्नुपर्छ « Khabarhub

सर्वदलीय टोलीले प्रचण्डलाई भन्यो- नदीबाट २० मिटर छाड्दा पशुपति मन्दिर नै सार्नुपर्छ


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको नदी किनाराका जग्गाबारे पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने बताएका छन् ।

नदी किनाराका जग्गामा देखिएको समस्या समधानमा पहलको आग्रहसहित भेट्न आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले यो निर्णय कार्यान्वयनमा जटिलता रहेको बताए ।

उनले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि तय हुने जानकारी पूर्वप्रधानमन्त्री दाहालले दिए ।

सर्वदलीय भेटमा सहभागीले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या सुरु भएको बताएका थिए ।

अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो दायाँबायाँ २०/२० मिटर छाड्नुपर्दा दसौँ हजार परिवार विस्थापित हुने र पशुपति मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए ।

काठमाडौं महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उनीहरूले यो फैसला कार्यान्वयन भए आर्थिक रूपमा अराजकता पैदा हुने बताए ।

आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको उनीहरूले बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यले प्रमुख प्रतिपक्षी नेताका रुपमा प्रचण्डलाई भेट्न आएको बताए ।

प्रतिनिधिमण्डलमा नेकपा एमालेका नेता डा. राजन भट्टराई र काठमाडौं महानगरपालिकामा पूर्वप्रमुख विद्यासुन्दर शाक्यलगायत सहभागी थिए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ४ : ४७ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन