अर्थसंक्षेप : नेप्सेमा १२ अंकको गिरावट, दोलखाबाट वार्षिक ७५ करोड बढीको आलु बिक्री  | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेप्सेमा १२ अंकको गिरावट, दोलखाबाट वार्षिक ७५ करोड बढीको आलु बिक्री 


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  १२.१० अंकले घट्दा कारोबार पनि ओरालो लागेको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न साउदर्न एयरलाइन्स तयार भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिनँ भनेर हात उठाउन आग्रह गरेका छन् ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरू :

१२ अंकले घट्यो नेप्से, कारोबार पनि ९ अर्बमा ओर्लियो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  १२.१० अंकले घट्दा कारोबार पनि ओरालो लागेको छ । बिहीबार ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । उक्त कारोबार बुधबारको तुलनामा ३ अर्बले कम हो ।  आज नेप्से ०.४४ प्रतिशतले घटेर २७२७.३६ विन्दुमा आएको छ । आज २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर कारोबार भएको छ ।

नेप्से घटेसँगै १३ वटा समूहमध्ये २ समूह बाहेक सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी लगानी समूह १.३६ प्रतिशतले घटेर १०९.९१ विन्दुमा पुगेको छ । त्यस्तै आज लघुवित्त समूह १.६८ प्रतिशतले बढेर ५२१२.४० विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.१६ प्रतिशतले बढेर ३७५९.४३ विन्दुमा पुगेको छ ।

पोखरा र भैरहवामा उडान भर्न चाइना साउदर्न एयरलाइन्स तयार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेबारे कुरा भएको छ ।

बिहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएका हुन् ।

४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको चर्चित एयरलाइन्स चाइना साउदर्नले नेपालमासमेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ । चीनको ग्वान्झावबाट काठमाडौंमा नियमित उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गरेको सुधारबारे जानकारी लिएको थियो ।

बाढीपीडित जलविद्युतका माग पुरा गरिदिन मन्त्रालयलाई इप्पानको आग्रह 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिनँ भनेर हात उठाउन आग्रह गरेका छन् । बिहीबार मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्कीले सरकारले आश्वासन मात्र दिएकाले पीडित आयोजना थप पीडामा पिल्सिनु परेको भन्दै माग पुरा नगर्ने हो भने सक्दिनँ भनेर हात उठाउनुपर्ने बताएका हुन् ।

‘बाढी प्रभावित आयोजनाले फोटो भिडियो सहितका प्रमाण ल्याएर मन्त्रालयमा पेश गरे, मन्त्रालयले दुई चार ठाउँमा सिफारिस पनि ग¥यो । तर, राहत कसैले पाएनन्, कतैबाट केही पनि काम भएन ।’ कार्कीले भने । ‘२ वर्षअघिसम्म आयोजनाको मर्मत सम्भारमा भन्सार छुट पाउथ्यौ, अहिले त्यो व्यवस्था पनि अर्थ मन्त्रालयले हटाइदियो । यसले गर्दा धेरै आयोजना प्रभावित भएका छन् । उनीहरूले २८ प्रतिशत अतिरिक्त रकम स्पेयर पार्टसमा खर्च गर्नुपरेपछि आयोजनाको वित्तीय अवस्था के हुन्छ ? खासगरी यसबाट बाढी प्रभावित आयोजना धेरै नै प्रभावित भएका छन् । उनीहरूले आयोजना पुनर्निर्माण नै गर्न सकेका छैनन् ।’

दोलखाबाट वार्षिक ७५ करोड बढीको आलु बिक्री 

हिमाली जिल्ला दोलखा पछिल्ला वर्षहरूमा आलु उत्पादनको हिसाबले प्रमुख जिल्लाको रूपमा चिनिन्न थालेको छ।दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा प्रायः जसो नौ वटै पालिकाको माथिल्लो क्षेत्रमा आलु खेती हुने गरेको छ।यहाँका स्थानीय किसानहरू हिजोआज आलु खन्न तथा आलु बिक्री गर्न व्यस्त देखिन्छन्।

गत पुस र माघमा रोपेको आलु खन्न तथा बिक्री गर्न साउन पछि किसानलाई भ्याई नभ्याई छ । मुख्य गरी जिल्लाको जिरी, शैलुङ ,मेलुङ, गौरीशंकर,विगु र वैतेश्वरमा अन्य पालिकाको तुलनामा धेरै आलु खेती हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रामेछापको सम्पर्क कार्यालय दोलखाका अनुसार दोलखा जिल्लाको तिन हजार ८९ हेक्टर क्षेत्रमा आलु खेती हुँदै आएको छ ।

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?  

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता

कुमारी बैंक लिमिटेड र काठमाडौंको गोल्फुटारमा रहेको काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लीबीच कुमारी बैंकका ग्राहकलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैङ्किङ सेवा बाट रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

धुलिखेल–खावा सडकमा मालवाहक गाडी सञ्चालनमा रोक

अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।

निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रोक लगाएको जनाएको छ ।

अफ्रिकालाई ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गरेका छन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने वाचा गरे ।

सरकारी सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यस साताको चीन–अफ्रिका मञ्चमा सहभागी भएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ६ : ३६ बजे

चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो

भद्रपुर – जिल्ला विपद् व्यवस्थापन समिति झापाले सदरमुकाम चन्द्रगढीमा २७

भूकम्पबाट हुनसक्ने मानवीय कम गर्न भवन निर्माण ऐन कार्यान्वयनमा जोड

मोरङ– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट

काठमाडौंबाट रक्तचन्दन बरामद, दुई जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्तचन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्रामसहित

आन्दोलनको तयारीमा निर्माण व्यवसायी महासंघ

काठमाडौं–  नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागप्रति सरकारले कुनै सुनुवाइ

पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै

गण्डकी– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा